default_image

7 years ago

August 27, 2018

इंग्ल्यान्डबाट क्रिकेट खेलेका ५ भारतीय खेलाडी

86 views

0 Bookmark

विश्व क्रिकेटको इतिहासमा धेरै त्यस्ता खेलाडीहरु छन् जसले अन्तर्राष्ट्रिय क्रिकेटमा दुई फरक देशलाई प्रतिनिध्तिव गरेका छन् । विशेषत इंग्ल्यान्डले धेरै मुलका खेलाडीहरुलाई खेल्ने मौका दिएको छ । इंग्ल्यान्डको सिमित ओभर टोलीका वर्तमान कप्तान ओएन मोर्गनले समेत यसअघि आयरल्यान्डबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् ।

भारत र इंग्ल्याण्डको टेस्ट सिरिज चलीरहंदा आज हामी ५ त्यस्ता खेलाडीहरुको नाम हेर्ने छौँ जसले भारतमा जन्मिएर पनि इंग्ल्याण्डबाट क्रिकेट खेले :

५) कोलिन काउड्रे :

कोलिन काउड्रेको जन्म डिसेम्बर २४ १९३२ मा भारतमा भएको थियो। ओटाकामुन्डमा काउड्रेको जन्म भएको भएपनि उनको जन्म बैंगलोरमा भएको भनिने गरिन्छ । उनी क्रिकेट इतिहासमा नै १०० टेस्ट खेल्ने पहिलो क्रिकेटर हुन् । इंग्ल्याण्डको लागि मात्र १ एक दिवसीय खेलेका काउड्रेले ११४ टेस्ट खेलेका छन् । आफ्नो सन्यास पछि उनी मेरिलिबोन् क्रिकेट क्लब (एमसीसी) को प्रमुख समेत बनेका थिए ।

४) भिक्रम सोलन्की :

भिक्रम सोलन्कीको जन्म अप्रिल १ १९७६ मा भारतको राजस्थानमा भएको थियो । उनी ८ बर्षको हुँदा उनको परिवार इंग्ल्याण्ड गएको थियो । सोलन्कीले इंग्ल्याण्डको तर्फबाट ५१ एक दिवसीय र ३ २०-ट्वान्टी अन्तर्राष्ट्रियमा प्रतिनिधित्व गरेका छन् । घरेलु क्रिकेटमा पर्याप्त मात्रामा रन बनाएपनि सोलन्कीले आफ्नो प्रदर्शन अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोर्याउन सकेनन् । सेप्टेम्बर २०१५ मा उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएसंगै उनलाई सर्रेले सह-प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो ।

३) रोबिन ज्याकमेन :

ज्याकमेनलाई धेरैले उनको क्रिकेट कला भन्दा धेरै कमेन्ट्रिका कारण चिन्ने गर्दछन् । उनको जन्म सन् १९४५ अगष्ट १३ मा पन्जाबमा भएको थियो । थोरै समयमात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलेका ज्याकमेनको घरेलु क्रिकेटको तथ्यांक भने कमालको रहेको छ । उनले खेलेका ३९९ खेलमा १४०२ विकेट लिएका थिए। क्रिकेटबाट सन्यास लिएसंगै ज्याकमेनले सुपर स्पोर्ट्समा कमेन्ट्रिको काम गर्न थालेका थिए ।

२) बब् वुल्मर :

आफ्नो क्रिकेट कलाभन्दा धेरै वुल्मर आफ्नो प्रशिक्षण कलाका लागि प्रख्यात छन् । पाकिस्तानका पुर्व प्रशिक्षक वुल्मरको जन्म १९४८ मा कानपुरमा भएको थियो । उनले १९ टेस्ट र ६ एक दिवसीय क्रिकेटमा इंग्ल्याण्डको प्रतिनिधित्व गरेका छन् । ३५० फर्स्ट क्लास खेल खेलेका वुल्मरले २९० लिस्ट ए खेलसमेत खेलेका छन् ।

१) नासिर हुस्सेन :

इंग्ल्याण्डका पुर्व कप्तान तथा महान् खेलाडी नासिर हुसेनको जन्म सन् १९६८ मा तत्कालीन् मद्रास (अहिलेको चेन्नाई) मा भएको थियो । उनी सन् १९७५ मा इंग्ल्याण्ड तर्फ गएका थिए । इंग्ल्याण्ड टेस्ट क्रिकेटको इतिहासमा उत्कृष्ट मानिने हुसेनले ४५ टेस्टमा इंग्ल्याण्डको कप्तानी गरेका थिए । उनले इंग्ल्याण्डका लागि ९६ टेस्ट र ८८ एक दिवसीय खेल खेलेका छन् । आफ्नो सन्यास पछि उनी हाल कमेन्ट्रिको काम गरिरहेका छन् ।

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.