7 years ago
August 20, 2018
नर्टिघम (एजेन्सी)– इग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा पकड बलियो बनाउँदै लगेको भारतका लागि दोस्रो इनिङ्समा कप्तान विराट कोहलीले शतक पुरा गरेका छन् । टेस्ट क्रिकेटमा यो उनको २३ औं शतक हो । पहिलो इनिङ्समा पनि टोलीका लागि सबैभन्दा बढी रन बनाउने क्रममा कोहलीले ९७ रन बनाएका थिए ।
पहिलो इनिङ्समा ३ सय २९ रन बनाएको भारतले इग्ल्यान्डलाई १ सय ६१ रनमा रोकेको थियो । तेस्रो दिनको खेल चलिरहदा दास्रो इनिङ्स भारतले ४ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको छ । यो समाचार तयार पर्दा सम्म भारतले ४ सय ५० रनको अग्रता लिएको छ ।
कोहली १ सय ३ रन बनाउँदै केहि समय अघि आउट भएका छन् । चेतेश्वर पुजाराले ७२ रन जोडेका थिए भने शिखर धवनले ४४ र केएल राहुलले ३६ रन जोडे । पाँच टेस्टको श्रृखंलामा घरेलु टोलीले २–० को अग्रता लिएको थियो ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]