7 years ago
August 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा हुने एसिया कप क्रिकेटको छनोट प्रतियोगिताको अभ्यासका लागि नेपाली क्रिकेट टोली सोमबार प्रस्थान गरेको छ । नेपाली टोली मालिन्डो एअरलाइन्सबाट दिउसो श्रीलंका प्रस्थान गरेको छ ।
१४ खेलाडीसहितको २० सदस्यीय नेपाली क्रिकेट टिमलाई सोमवार सभामुख कृष्ण बहादुर महराले बालुवाटारस्थित आफ्नै निवासमा बिदाई गरे । सीपीएल खेलिरहेका सन्दीप लामिछाने वेस्ट इन्डिजबाटै मलेसिया प्रस्थान गर्ने नेपाल क्रिकेट टिमका म्यानेजर तथा टेक्निकल एनलिस्ट रमन शिवाकोटीले जानकारी गराए ।
सभामुख महराले नेपाली क्रिकेटले पछिल्लो समय प्रगति गरिरहेको र ओडिआई म्याच समेत खेलेको भन्दै खेलाडी बधाई र छनोटमा राम्रो गर्न शुभकामना दिए । कप्तान पारस खड्काले एसिया कपमा छनोट हुने यो सुनौलो मौका रहेको बताउदै सबै टोली समान स्तरको रहेकाले चुनौती र अवसर दुवै रहेको बताए । यस्तै प्रशिक्षक जगत टमाटाले श्रीलंकाको राम्रै क्लबसँग अभ्यास खेल खेल्ने र त्यसले पनि सहयोग पुग्ने बताए ।
श्रीलंकामा १० दिनको अबधिमा नेपालले स्थानिय क्लबसँग तीन अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाली टोली अगष्ट २७ मा मलेसिया जानेछ । एसियाका ६ एसोसिएट राष्ट्र सहभागि छनोटबाट विजेता टिम सेप्टेम्वरमा युएईमा हुने एसिया कपको लागि छनोट हुनेछ । नेपालले अगष्ट २९ मा ओमानसँग खेल्दै एसिया कप छनोट सुरु गर्नेछ ।
टोलीका सदस्य स्पिनर सन्दीप लामिछाने भने वेस्ट इन्डिजबाट सिधै मलेसिया जाने बताइएको छ । उनी अहिले वेस्ट इन्डिजमा क्यारेबिन प्रिमियर लिग (सिपिएल) मा किट्स नेभिस प्याट्रियट्सबाट खेलिरहेका छन् ।
श्रीलंकामा नेपालको अभ्यास खेल तालिका
अगष्ट २२ःनेपालविरुद्ध आर्मी क्रिकेट टिम (पानगोडा मैदान)
अगष्ट २४ः नेपालविरुद्ध ब्लुमफिल्ड (ब्लुमफिल्ड मैदान)
अगष्ट २६ः नेपालविरुद्ध कोल्ट (कोल्ट मैदान)
एसिया कपमा नेपालको खेल तालिका
अगस्ट २९ः नेपालविरुद्ध ओमान (बायुमास ओभल मैदान)
अगस्ट ३०ः नेपालविरुद्ध युएई (किनरारा ओभल मैदान)
सेप्टेम्बर १ः नेपालविरुद्ध मलेसिया (बायुमास ओभल मैदान)
सेप्टेम्बर २ः नेपालविरुद्धसिंगापुर (युकेएम ओभल मैदान)
सेप्टेम्बर ४ः नेपालविरुद्धहङकङ (युकेएम ओभल मैदान)
नेपाली क्रिकेट टोलीः
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
बसन्त रेग्मी
सोमपाल कामी
सुबास खकुरेल
विनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
सन्दीप लामिछाने
करण केसी
ललित सिंह भण्डारी
अनिल कुमार शाह
ललित नारायण राजबंशी
सागर पुन
मोहम्मद आरिफ शेख
रोहित कुमार पौडेल
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]