7 years ago
August 19, 2018
काठमाडौं (हाम्रो खेलकुद)-नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण दुई सदस्य शरद भेषावकर र बसन्त रेग्मी नेपाल बंगलादेश (एनबी) बैंकको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । बैंकले आइतवार कमलादीस्थित कार्यालयमा दुई खेलाडीसँग दुई वर्षको लागि सम्झौता गरेको हो ।
सम्झौतापत्रमा बैंकका सिइओ ज्ञानेन्द्र प्रसानद ढुंगाना र क्रिकेट खेलाडीद्वय शरद र बसन्तले हस्ताक्षर गरे । बैंकका सिइओ ढुंगानाले आगामी दुई वर्षका लागि दुई लेजेण्ड खेलाडीसँग सम्झौता गरेको र यो सुरुवात भएको बताए ।
‘अहिले क्रिकेटमा चार्म बढ्दैछ । हामीले नगरे कसले गर्छ । राज्यसँग पनि ठूलो स्रोत छैन । त्यसैले कर्पोरेट क्षेत्रलेले पनि खेलाडीलाई सहयोग गर्नुपर्छ भनेर यो काम गरेका हौं ।’ सिइओ ढुंगानाले भने, ‘भोलिको दिनमा पनि नेपाली खेलाडीलाई सहयोग गर्नका लागि हामीले लेजेण्ड खेलाडी छानेका हौं । हामी उनीहरुलाई लिए देशका विभिन्न स्कुल कलेजमा जानेछौ । नयाँ खेलाडीलाई पनि क्रिकेटमा लाग्न प्रेरणा मिलोस् भन्ने हाम्रो चाहना हो ।’
एम्बासडर नियुक्त भएपछि शरद र बसन्तले एनबी बैंकलाई धन्यवाद दिँदै यसले आफूहरुलाई सहयोग पुग्ने बताए । एभरेष्ट प्रिमियर लिगको आयोजक इपीएलको सहकार्यमा उक्त सम्झौता भएको हो । राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का सेन्चुरी बैंक तथा उपकप्तान सिटिजन्स बैंकको ब्राण्ड एम्बासडर नियुक्त भइसकेका छन् । यस्तै सन्दीप लामिछाने सानिमा बैंक तथा दीपेन्द्रसिंह ऐरी ग्लोबल आइएमई बैंकसँग अनुबन्ध भइसकेका छन् ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो जितको लयलाई जारी राखेको छ । खेलेको चौथो खेलमा लगातार जित निकाल्ने क्रममा पुलिसले मधेश प्रदेशविरुद्ध शनिवार १ सय ९३ रनको फराकिलो जित हासिल गर्यो । दाङको लमहिमा शनिवार भएको खेलमा पुलिसले दिएकाे २ सय ८९ रनको विशाल […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]