7 years ago
August 18, 2018
काठमाडौं (हाम्रो खेलकुद)- विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी र अलराउन्डर सागर पुनले नेपाली राष्ट्रिय क्रिकेट टिममा पुनरागमन गरेका छन् । एसिया कप छनोटको लागि पारस खड्काको कप्तानीमा घोषणा गरिएको १५ सदस्यीय नेपाली टोलीमा विनोद र सागरले राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् ।
विनोद र सागरले २०१७ डिसेम्वरमा डब्लुसिएलअन्तर्गत युएईसँग खेलेयता राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । निरन्तर खराब प्रदर्शन गरेपछि नामिबियामा गत फेब्रुवरीमा भएको डिभिजन–२ देखि यी दुई खेलाडी टिम बाहिर रहेका थिए । जसमध्ये शक्ति गौचनले अन्तर्राष्टिय क्रिकेटबाट सन्यासको घोषणा गरिसकेका छन् । नेदरल्यान्ड्सविरुद्धको एक दिवसिय श्रृखंलाको पहिलो खेलमा चोट लागेपछि शरद भेषावकर पनि यो टोलीमा परेनन् ।
नेपालले यही अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म मलेसियामा हुने एसिया कपमा युएई, हङकङ, ओमान, मलेसिया र सिंगापुरसँग खेल्नेछ । राउण्ड रोविनपछि शीर्ष दुई टिमबीच फाइनल हुनेछ । विजेताले एसिया कप खेल्न पाउनेछ । नेपाली टोली आगामी सोमवार ३ अभ्यास खेल खेल्न श्रीलंका प्रस्थान गर्नेछ । अभ्यास खेलपछि टोली त्यतैबाट अगष्ट २७ मा मलेसिया जानेछ ।
नेपाली टोलीः
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
बसन्त रेग्मी
सोमपाल कामी
सुबास खकुरेल
विनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
सन्दीप लामिछाने
करण केसी
ललित सिंह भण्डारी
अनिल कुमार शाह
ललित नारायण राजबंशी
सागर पुन
मोहम्मद आरिफ शेख
रोहित कुमार पौडेल
वैकल्पिक खेलाडी
किशोर महतो
प्रदिप ऐरी
सुनिल धमला
सुशन भारी
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]