7 years ago
August 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप–कप्तान ज्ञानेन्द्र मल्ल सिटिजन्स बैंकको ब्रान्ड एम्वासडर नियुक्त भएको छ । सिटिजन्स बैंकले शुक्रबार उप–कप्तान ज्ञानेन्द्रलाई १ वर्षको लागि ब्राण्ड एम्वासडर नियुक्त गरेको हो ।
ब्रान्ड एम्वासडरबापतको रकम भने खुलाईएको छैन । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजन सिंह भण्डारीले ज्ञानेन्द्रलाई क्रिकेट ब्याट हस्तान्तरण गर्दै बैंको ब्रान्ड एम्वास भएको घोषणा गरे । बैंकका सहायक सीईओ बोध राज देवकोटाले ब्राण्ड एम्बेसडर बन्न स्वीकार गरेकोमा ज्ञानेन्द्रलाई धन्यवाद दिए ।
ब्रान्ड एम्वासडरमा नियुक्त भएसँगै उप–कप्तान मल्लले बैंकलाई धन्यवाद दिदै खेल विकासको लागि कर्पाेरेट क्षेत्र खेलकुदमा आउन राम्रौ रहेको र यसले खेलाडीलाई प्रोत्साहन गर्ने बताए ।
यसअघि बैंकले ब्याटमिन्टनका राष्ट्रिय खेलाडी नङ्सलदेवी तामाङलाई स्टाफको रुपमा बैंकमा अनुबन्ध गरेको थियो ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]