7 years ago
August 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका भरपर्दा स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा अाफ्नो जादु कायमै राखेका छन् । बिहीबार जमाइका तल्लावाजविरुद्ध सन्दीपले २१ रन खर्चेर २ विकेट लिए ।
सेन्ट किट्स एन्ड नेभीस प्याट्रियट्सका लागि खेलिरहेका सन्दीपले जमाइकाका अोपनर केनर लेविस २३ बलमा ४९ रनको अाक्रमक इनिङ्स खेलिरहँदा कुपरको हातबाट क्याच आउट गराए । त्यसको दुई बलमै उनले अान्द्रे मकार्थीलाई क्लिन बोल्ड गरे । सन्दीपले ४ अोभरमा २१ रन खर्चेपनि अन्य बलरले राम्रो साथ दिएनन् ।
जमाइकाले २० अोभरमा ४ विकेट गुमाउँदै १ सय ७८ रनको योगफल खडा गरेको थियो । जवाफमा प्याट्रियट्सले ९ विकेट गुमाउँदै १ सय ३१ रनमात्र बनाउन सक्यो । कप्तान तथा अोपनर क्रिस गेलले २४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
सन्दीपले प्रतियोगिताको तीन खेलमा ५ विकेट लिइसकेका छन् । उनले प्रतियोगिताको मध्य पाटो भने राष्ट्रिय टोलीमा अाउनुपर्ने कारण गुमाउने छन् ।
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]