default_image

7 years ago

August 14, 2018

राष्ट्रपतिद्वारा क्रिकेट टोलीलाई बधाईं

71 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-नेडरल्यान्ड्समा एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा भेट गरी मंगलबार बधाइ दिएकी छन् । नेडरल्यान्ड्स विरुद्धको २ एक दिवसीय शृंखलामा नेपालले पहिलो खेलमा हार व्यहोरेको थियो भने दोश्रोमा जित हात पारेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मिडिया मार्फत क्रिकेटलाई नजिकबाट नियाली रहेको बताउदै सम्भावना भएका खेललाई बढी मलजल गरी फल प्राप्त गर्नेतर्फ सरोकार निकायले चासो दिनु पर्ने धारणा व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले क्रिकेटको समस्या समाधान गर्न आफ्नो तर्फबाट सहयोग आवश्यक परे सक्दो सहयोग गर्न तयार रहेको बताइन् ।

‘क्रिकेट समस्या समाधान गर्न आवश्यक परे मेरो तर्फबाट सहयोग हुन्छ । यो मेरो इच्छा हो । आश्वासन होइन् । किन कि म खेलकुदको विकास भएको हुर्ने चाहन्छु ।’ राष्ट्रपति भण्डारीले भनिन्– ‘क्रिकेटको समस्या चाँडो समाधान होस् । उल्झनको विषय नबनाउँ ।’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सीमित श्रोत र साधनका बावजुद क्रिकेट टोलीले हासिल गरेको सफलता सराहनीय भएको बताउदै क्रिकेटको भविष्य उज्वल रहेको बताए ।

सदस्य–सचिव विष्टले मुलपानी क्रिकेट रंगशालाको जग्गा मुआब्जाको समस्या क्याबिनेटबाट सम्बोधन भइसकेको बताउदै चाँडै क्रिकेटको निलम्बन पनि फुकुवा हुने बताए । सदस्य–सचिव विष्टले देशका विभिन्न भागमा क्रिकेटका पूर्वाधार निर्माण भइरहेको जानकारी गराउदै राष्ट्रपति समक्ष भदौ २ गतेदेखि इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा नेपालको सहभागिता बारे संक्षिप्त जानकारी गराएका थिए ।

उनले इन्डोसिया एसियाडमा नेपालले अहिलेसम्मकै उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गर्दै विगतको भन्दा एसियाडको तयारी राम्रो भएको बताए । क्रिकेट मुख्य प्रशिक्षक जगत टमाटाले धेरै संघर्षपछि क्रिकेटले अहिलेको सफलता हासिल गरेको बताउदै यसमा धेरैको योगदान रहेको बताए ।

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

March 18, 2025

गण्डकीविरुद्ध बागमतीको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]

Success

Thank you for your time.