default_image

6 years ago

August 13, 2018

स्वतन्त्र समितिको बैठक सकारात्मक, जिल्ला निर्वाचनको छानविन १० दिन भित्रै

73 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) लाई नयाँ प्रक्रियामा प्रवेश गराउने विषयमा स्वतन्त्र समिति सकारात्मक रहेको बैठकमा सहभागी सदस्यहरुले बताएका छन् । वैशाखमा संसोधित क्यानको विधान अनुरुप गठित स्वतन्त्र समितिको बैठक सोमबार राजधानीमा बसेकोे थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का उपाध्यक्ष इमरान ख्वाजाको उपस्थितिमा भएको बैठकले सकारात्मक रुपमा प्रक्रिया अघि बढ्ने सम्भावना रहेको निष्कर्ष निकालेको थियो ।

स्वतन्त्र समितिमा आइसीसीले तीन जना, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा एकजना र निलम्बित क्यानको निर्वाचित समितिको तर्फबाट एक जना प्रतिनिधि रहेका छन् । जसमा क्यानको निर्वाचित समितिबाट ठाकुरप्रताप थापा, राखेपका तर्फबाट नेपाली क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्री रहेका छन् । आइसीसीबाट सिनियर अडिटर मोहम्मद अली, रणनीतिक प्रबन्धक अमर शेख र फाइनान्स अपरेसन अफिसर एसिया नितिश कोठारी रहेका छन् ।

समितिका सदस्य क्षत्री र थापाले सकारात्मक रुपमा छलफल अघि बढेको बताएका छन् । क्यानमा आबद्ध ३९ मध्ये ३७ जिल्लाको निर्वाचनको प्रतिवेदनपछि निर्वाचनको अर्को प्रक्रियामा जाने सम्भावना रहेको सदस्य थापाले बताए । ‘निर्वाचन भइसकेका सबै जिल्लाको निर्वाचनका बारेमा प्रमाण र निर्वाचन प्रक्रियाका बारेमा अध्ययन हुनेछ’, थापाले भने, ‘ विवाद र प्रक्रिया नमिलेमा त्यस्तो जिल्लामा पुनः निर्वाचन हुने सम्भावना रहन्छ । विवाद नभएका जिल्लामा पुरानै निर्वाचनलाई मान्यता दिने सहमति छ । वकिल राजेश्वर श्रेष्ठले अबको १० दिनमा प्रतिवदेन बुझाएपछि अर्को चरणमा प्रवेश गर्नेछौं ।’

क्यानको नयाँ विधान अनुसार जिल्ला, प्रदेश र केन्द्रको गरि तीन तहको संरचना बन्नेछ । जिल्लाका प्रतिनिधिले प्रदेश तथा प्रदेश र जिल्लाका प्रतिनिधिले केन्द्रको कार्यसमितिको चयन गर्नेछ । स्वतन्त्र समितिले निर्वाचित क्यानले दायर गरेको मुद्दा फिर्ता गर्न पत्र लेख्ने पनि बैठकमा सहमति भएको छ । राखेपले २०७२ पुसमा क्यानको अलग्गै तदर्थ समिति गठन गरेको थियो । त्यसपछि निर्वाचित समितिले राखेप, तदर्थसमिति लगायतविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेको थियो । मुद्दा विचाराधिन छ ।

मुद्दा विचाराधिन अवस्थामै क्यानको निर्वाचन प्रक्रिया अघि बढाउन उपयुक्त नभएकाले मुद्दा फिर्ताका लागि पत्र काट्ने विषयमा स्वतन्त्र समितिमा सहमति बनेको हो ।२०७३ वैशाखमा आइससीले क्यानलाइ निलम्बन गरेको थियो । सदस्य क्षेत्री र थापा दुवै आइसीसी चाँडो भन्दा चाँडो क्यानलाई निलम्बन फुकुवा गर्ने मनसायमा देखिएको बताए । तर, त्यसका लागि यहाँ सबै प्रक्रिया सकारात्मक रुपमा अघि बढ्ने विश्वास आइसीसीलाई हुनुपर्नेछ ।

‘कम्तिमा यो सबै प्रक्रिया हुन केहि महिना लाग्ने देखिन्छ । आइसीसीको जनवरीमा हुने बैठकमा नेपालको सबै प्रक्रिया सन्तोषजनक रुपमा अघि बढिरहेको छ भन्ने बुझाई मा पुगेको खण्डमा निलम्बन फुकुवा हुन सक्छ’, क्षत्रीले भने, ‘उनीहरु जति सक्दो छिटो क्यानको नयाँ बन्ने समितिलाई सबै जिम्मेवारी सुम्पन चाहन्छन् । आजको बैठकलाई आधार मान्ने हो भने बैठक निकै सकारात्मक रुपमा अघि बढेको छ ।’ दुई दिनका लागि बैठक तय भएपछि एक दिनमै बैठक टुंगिएको क्षेत्रीले बताए ।

January 19, 2025

रुपन्देही ‘ए’ सुपर लिग -एमसिसीको जित

सुमन अधिकारी, बुटवल भैरहवामा जारी ‘ए’ डिभिजनको रुपन्देही सुपरलिग क्रिकेटमा आइतवार मेलवर्न क्रिकेट क्लब (एमसिसी) ले जेआर क्रिकेट क्लबलाई पराजित गरेको छ । सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जेआर क्रिकेट क्लब ६२ रनमा अल आउट भएको‌ थियो।६३ रनको लक्ष्य पाएको मेलवर्नले विकेट नगुमाई पूरा गरेको हो ।मेलवर्नका विपिन आचार्यले ४ तथा रमेश कुर्मी, […]

January 19, 2025

महिला पिएम कप : आर्मीको सानदार डेब्यु

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले महिला प्रधानमन्त्री कपमा सानदार डेब्यु गरेको छ । कैलालीमा जारी रहेको महिला पिएम कप राष्ट्रिय टि ट्वान्टी क्रिकेट प्रतियोगितामा विभागिय टोली आर्मीले सानदार सुरुवात गरेको हो । प्रतियोगिताको समूह ‘बी’ मा रहेको आर्मीले मधेश प्रदेशमाथि १० विकेटको फराकिलो जित हासिल गरेको हो । घरेलु महिला क्रिकेटमा यसै खेलबाट डेब्यु […]

January 19, 2025

बर्खा स्मृति क्रिकेट प्रतियोगिता हुँदै

हिमाल खरेल, बिर्तामेड झापाको बुद्धशान्तिमा रहेको बर्खा स्मृति प्रतिष्ठानले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई खेलमैदान र प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतिष्ठानले आयोजना गर्दै आएको झापाका पालिकाहरुबीचको पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता र खेल मैदानको अवस्थाबारे जानकारी गराएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । चन्द नेतृत्वको क्यानको एक टोलीले बुद्धशान्ति ३ […]

Success

Thank you for your time.