default_image

7 years ago

August 13, 2018

पीपीएलमा दुई स्थानीय खेलाडी राख्नुपर्ने प्रावधान

79 views

0 Bookmark

पोखरा(हाम्रो खेलकुद)– पहिलो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा हरेक टिमले दुई जना स्थानीय खेलाडी राख्नैपर्ने प्रावधान अघि सारेको छ । आयोजक क्वीन्स इभेन्ट प्रालिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी हरेक टिममा दुई स्थानीय खेलाडी राख्नैपर्ने र टिममा दुई विदेशी खेलाडी हुने जानकारी गराएको हो ।
स्थानीय खेलाडी उत्पादन होस भन्ने उद्देश्यले यसपटकदेखि टिममा दुई स्थानीय खेलाडी राख्र्ने पर्ने प्रावधान राखिएको क्वीन्स इभेन्ट प्रालिका प्रवन्ध निर्देशक छुम्बी लामाले बताए । ९ कात्तिकदेखि २० कात्तिकसम्म पोखरा रंगशालाको क्रिकेट मैदानको मर्मतसम्भार तीव्र पारिएको आयोजकले जानकारी गराए ।
‘अहिले क्रिकेट मैदानको मर्मतसम्भार भइरहेको छ । अहिले लेभलिङको काम भइरहेको छ । त्यसपछि घाँस रोपेर हरियो बनाइनेछ । मैदानमा खेलाडीका लागि पेभेलियन, स्कोर बोर्डका साथै दर्शकका लागि स्क्रिन बोर्ड र अस्थायी प्याराफिट निर्माण गरिदैछ ’ प्रवन्ध निर्देशक लामाले भने, ‘मैदानको चारैतिर ३ मिटर थपेर अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट आउट फिल्ड बनाइने काम भइरहेको हो । करिब ४ हजार जना दर्शक अट्ने अस्थायी प्यारापिट बनाउने योजना छ ।’
प्रतियोगितामा पोखरा, काठमाडौं, विराटनगर, बुटवल, चितवन, धनगढी र नेपालगञ्ज गरी ६ वटा ‘फ्रेञ्चाइज’ टिमले भाग लिने आयोजक क्वीन्स इभेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए । खेलाडी छनौट अक्सनमार्फत हुनेछ । नेदरल्याण्ड्स, युएई, हङकङ जस्ता बलिया देशका खेलाडीहरुले अक्सनमा सहभागिता जनाउनका लागि इच्छा देखाएको आयोजकले जनाएको छ ।
नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले पीपीएलले नेपालको क्रिकेटमा नयाँ उर्जा थप्ने बताए । उनले पोखराको क्रिकेट मैदानलाई न्यूजिल्याण्डको क्रिकेट मैदानसँग तुलना गर्दै पोखराजस्तो सुन्दर नगरीमा क्रिकेट खेल्दा आनन्द आउने बताए । राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमटाले यस्तो खालको प्रतियोगिताले नेपाली क्रिकेटको विकासमा सहयोग पुग्ने बताए ।
गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले पोखरालाई स्पोर्टस् हव बनाउने उद्धेश्य सरकारले बनाएको बताउँदै त्यसलाई सहयोग पुग्नेगरी हुन लागेको पिपिएल क्रिकेट प्रतियोगिताका लागि सहयोग गर्ने बचन दिइन् । गण्डकी प्रदेशका सांसद दीपक कोइरालाले पीपीएल पोखराको खेलकुदमा निरन्तरतामा क्रमभंगता भएको बताए ।

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

March 18, 2025

गण्डकीविरुद्ध बागमतीको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]

Success

Thank you for your time.