7 years ago
August 12, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) को संसोधित विधान अनुसार नयाँ प्रक्रिया कसरी थाल्ने भन्ने विषयमा छलफल गर्न पाँच सदस्यीय स्वतन्त्र कमिटीको बैठक सोमबार राजधानीमा सुरु हुँदैछ । क्यानको संसोधित विधान अनुसार पाँच सदस्यीय स्वतन्त्रण समिति गठन भएको हो ।आइसीसीको निर्देशन अनुसार बैशाखमा बसेको साधारण सभाले जस्ताको तस्तै विधान संधोधन गरेपछि नयाँ प्रक्रिया सुरु हुने अपेक्षा गरिएको थियो । तर, यो बीचमा स्वतन्त्र समिति बन्न बाहेक अन्य काम अघि बढ्न सकेन ।
क्यानको जिल्लादेखि प्रदेश, केन्द्र सम्मको निर्वाचन तथा अन्य विवादित विषयको अनुगमन गर्न पाँच सदस्यीय स्वतन्त्र समिति गठन भएको थियो । । जसमा आइसीसीले तीन जना, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा एकजना र निलम्बित क्यानको निर्वाचित समितिको तर्फबाट एक जना प्रतिनिधि रहेका छन् ।
जसमा क्यानको निर्वाचित समितिबाट ठाकुरप्रताप थापा, राखेपका तर्फबाट नेपाली क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्री रहेका छन् । आइसीसीबाट सिनियर अडिटर मोहम्मद अली, रणनीतिक प्रबन्धक अमर शेख र फाइनान्स अपरेसन अफिसर एसिया नितिश कोठारी रहेका छन् ।
दुई दिन सम्म चल्ने समितिको बैठक राजधानीको एक होटलमा सोमबार दिउँसो २ः३० बजेको लागि तय स्वतन्त्र समितिका सदस्य एलबी क्षेत्रीले हाम्रो खेलकुदलाई जानकारी दिए । जिल्ला संघको नयाँ निर्वाचन, निर्वाचित समितिले सर्वोच्च अदालतमा दर्ता गरेको विचारधिन मुद्दा र २०१४ सम्मको क्यानको हिसाब फछ्यौटका विषयमा विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा समितिको छलफल केन्द्रित हुने सम्भावना रहेको क्षेत्रीले बताए ।
‘यो समितिको पहिलो बैठक हो । संसोधित विधान अनुसार क्रिकेट संघको जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन अघि बढाउन त्यसअघि केहि आधार तयार पार्नुपर्ने अवस्था छ ,’ उनले भने, ‘सम्भवत भोलीको छलफल त्यसमै केन्द्रित हुनेछ । ‘ उनले निर्वाचन प्रक्रिया अघि दुईवटा विषय टुंगिनुपर्ने अवस्था रहेको आफुले महसुस गरेको बताए ।
‘समितिमा सबैले आ आफनो विचार राखेपछि छलफलबाट निर्णयमा पुगिएला, उनले थपे, पहिलो कानुनी अडचन हटाउने । यसको अर्थ विचाराधिन मुद्दा फिर्ता । दोस्रो आइसीसीले अनुदान दिदासम्मको हिसाब फछ्यौट गरेपछि नयाँ निर्वाचन प्रक्रियामा अघि बढ्न वातावरण तयार हुनसक्छ ।’ निर्वाचन भइसकेका जिल्ला संघको हकमा स्वतन्त्र समितिले साउन १० गते सुचना जारी गर्दै निर्वाचन प्रक्रियाको प्रमाण पेश गर्न भनेको थियो । क्षेत्रीले त्यो विषयमा पनि छलफल हुने बताए । उनले भने,’समितिमा सबै विषयमा खुला छलफल हुनेछ । यसअघि टुंगिन बाँकी विषयमा पनि छलफल हुने सम्भावना छ ।’
आइसीसीले २०१४ पछि क्यानलाई अनुदान दिन बन्द गरेको थियो । निर्वाचनका विषयमा पनि केहि विवाद भएको छ । निर्वाचित क्यान पदाधिकारीले जिल्ला समितिको यसअघि सम्पन्न निर्वाचनलाई मान्यता दिनुपर्ने तर्क राख्दै आएका छन् । कतिपयले भने संसोधित विधान अुनसार जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन हुनुपर्ने तर्क राख्दै आएका छन् । चरम आन्तरिक विवाद पछि आइसीसीले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । त्यसयता नेपालको राष्ट्रिय टोली र उमेर समूहको अन्तर्राष्ट्रिय सहभागिताको जिम्मेवारी आफैले निर्वाह गर्दै आएको छ ।
March 9, 2025
एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]
March 9, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]