default_image

7 years ago

August 12, 2018

सागर र आसिफको टिम मलेसियन प्रिमियर लिग च्याम्पियन

83 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेटर सागर पुन र आसिफ शेखसम्मिलित क्वालालम्पुर मलेसियन प्रिमियर लिग क्रिकेटको च्याम्पियन बनेको छ । आइतबार भएको फाइनलमा केवाङसान युनिभर्सिटीलाई ७ विकेटले हराएर क्वालालम्पुर च्याम्पियन बनेको हो ।

किन्नरा ओभलमा केवाङसान युनिभर्सिटीले दिएको १ सय २ रनको लक्ष्य क्वालालम्पुरले २५ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा ग¥यो । क्वालालम्पुरको जितमा नेपालका आसिफले अविजित ३३ तथा सागरले १० रन जोडे ।

अघिल्ला दुई खेलमा शतक बनाएका सागर फाइनलमा भने सस्तैमा आउट हुन पुगेका थिए । यस्तै क्वालालम्पुरको लागि कप्तान अहमेद फैजले ४५ रन जोड्दा भिरणदिप सिंहले १५ रन जोडे । केवाङसान युनिभर्सिटीका मोइनुल इस्लामले २ तथा नाज्रिल रहमानले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केवाङसान युनिभर्सिटीले २६ ओभरमा अलआउट हुँदै १०१ रन बनाएको थियो । उसका लागि इमामुल मुस्ताकिमले २८, कप्तान फिक्री माक्रमले १२ तथा चे वान जलाटीले १० रन जोडे ।

केवाङसान युनिभर्सिटीलाई सस्तैमा समेट्न नेभिल कुमारा एक्लैले ४ विकेट लिए । यस्तै महमद हाफिज,पवनदिप सिंह र सायद अजिजले समान २ विकेट लिए उपाधिसंगै क्वालालम्पुरले ९ हजार मलेसियन रिगेंट प्राप्त गरेको छ । उपविजेता केवाङसान युनिभर्सिटीले ४ हजार मलेसियन रिगेंट प्राप्त ग¥यो ।

नेपाली ब्याट्सम्यान सागर पुन प्रतियोगितामा सर्वाधिक रन जोड्ने खेलाडी बने । प्रतियोगिताकै उत्कृष्ट ब्याट्सम्यान बनेका सागरले १० खेलमा ४ सय ५२ रन जोडे । सागरले ७ सय मलेसियन रिंगेट प्राप्त गरे । बलिङतर्फ सागरले ९ विकेट लिए ।

March 10, 2025

वुमेन्स डे क्रिकेट – नेपाल र हङकङ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ ‌ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

Success

Thank you for your time.