default_image

6 years ago

August 11, 2018

शरदको अनुपस्थितिमा सागरलाई अवसर

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली अगस्टको अन्तिम साता एसीसी एसिया कप छनोटमा सहभागिता जनाउन मलेसिया प्रस्थान गर्दैछ । पछिल्लो साता एकदिवसीय अन्तर्राष्ट्रियको पहिलो खेल खेलेको नेपालले एसिया कपमा छनोट हुने लक्ष्य बनाएको छ । नेदरल्यान्ड्सविरुद्ध दुई वानडेको शृंखलाअन्तर्गत पहिलो खेलमा अलराउण्डर शरद भेषावकर घाइते भएपछि उनले छनोट प्रतियोगिता गुमाउने पक्का भएको छ ।

 

प्रतियोगिताको तयारीका लागि लागि टोलीले श्रीलंकामा गएर तीन मैत्रीपूर्ण खेल पनि खेल्दैछ । अगस्ट १४ बाट सुरु हुने तयारीका लागि १९ सदस्यीय टोलीको घोषणा पनि भइसकेको छ । नेपाली टोलीमा यस प्रतियोगिताका लागि भारतका अपूर्व सुवोध देशाई ब्याटिङ कन्सल्टेन्टका रुपमा नियुक्त भएका छन् । नेदरल्यान्ड्सविरुद्ध पहिलो खेलमा कमजोर ब्याटिङका कारण १ सय ९० रनको सहज लक्ष्य पछ्याउन नसकेको नेपालले दोस्रो खेलमा पनि राम्रो ब्याटिङ गर्न सकेन ।

एसिया कप छनोटका लागि भने सागर पुनले नयाँ आशा दिलाएका छन् । पछिल्लो केहि सातादेखि सागर मलेसियाको प्रिमियर लिग खेलिरहेका छन् । ५० ओभरको प्रतियोगितामा सागरले कुअलालुम्पुरका लागि ओपनरको भूमिका कुशलतापूर्वक निर्वाह गरिरहेका छन् । उनले ९ खेलमा २ शतक र १ अर्धशतकको मदतले ४ सय ८२ रन बनाइसकेका छन् । उनी सर्वाधिक रन बटुल्ने ब्याट्सम्यानको सुचिमा शीर्ष स्थानमा छन् । आफ्नो टोलीलाई फाइनलमा पुर्याउने क्रममा उनले महत्त्वपूर्ण योगदान दिएका छन् ।

शरद भेषावकरको अनुपस्थिति र सागर फर्ममा फर्कनुका कारण उनले १९ सदस्यीय टोलीमा स्थान बनाएका छन् । मलेसियामै हुने प्रतियोगिताका लागि मलेसियामा रहेर राम्रो प्रदर्शन गर्नु नेपाली टोलीको लागि लाभदायी हुन सक्छ । स्पिनर शक्ति गौचनको सन्न्याससँगै नेपाली टोलीमा अब नियमित स्पिनर संख्या पनि घट्न सक्छ । सागरले ब्याटमात्र नभएर बलिङमा पनि उत्तिकै राम्रो प्रदर्शन गर्ने क्षमता राख्छन् । विगतमा राष्ट्रिय टोलीमा अलराउण्डरको भूमिका निभाईसकेका सागर फेरीपनि उक्त भूमिकामा खरो उत्रने प्रयासमा हुनेछन् ।

नेपालले एक हप्ते प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि श्रीलंका जानुअघि नेपालमै रहेर एक साता प्रशिक्षण गर्नेछ । त्यो एक साताको प्रशिक्षणले टोलीको अन्तिम १५ खेलाडी छनोट हुनेछ । सागरले टोलीमा पर्न अन्य ब्याट्सम्यानको चुनौती पछाडी पार्नुपर्ने हुन्छ । प्रदीप ऐरी, सुनिल धमला र विनोद भण्डारी वैकल्पिक खेलाडी रहेका थिए । सागरको स्पिन बलिङ पनि स्तरीय भएका कारण उनको टोलीमा पर्ने सम्भावना बढी छ ।

hk binod and sagar

September 21, 2024

दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानलाई एतिहासिक सफलता

एजेन्सी – अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध ओडिआई सिरिजमा एतिहासिक सफलता हासिल गरेको छ । अफगानिस्तानले शुक्रवार दोस्रो ओडिआई १ सय ७७ रनको जित निकालेसँगै एक खेलअघि नै सिरिजमा कब्जा जमाएको छ । पहिलो खेल अफगानिस्तानले ६ विकेटले जितेको थियो । दक्षिण अफ्रिका विरुद्ध अफगानिस्तानको त्यो पहिलो जित थियो । अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध सिरिज जितेको यो पहिलो […]

September 20, 2024

युएईको लिग टुमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ। युएईले शुक्रवार नामिबियामाथि १ विकेटको जित हात पारेको छ । विन्डोहकमा ३ सय १४ रनको लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । युएईका बिष्णु सुकुमारनले सर्वाधिक ९७ रन जोडे । उनले ९० बलमा ८ चौका […]

September 20, 2024

भारत फराकिलो अग्रतातर्फ

एजेन्सी – भारत बंगलादेशविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङमा फराकिलो अग्रतातर्फ अघि बढेको छ । दोस्रो दिन शुक्रवार को खेल सकिदा भारतले ३ सय ८ रनको अग्रता बनाएको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । पाहुना टोलीले १ सय ४९ रन मात्र बनाएपछि पहिलो इनिङमा २ सय २७ रनले पछि […]

Success

Thank you for your time.