default_image

7 years ago

August 10, 2018

‘मैले कुनै गल्ति गरेको छैन’ – कप्तान पारस

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सक्रिय खेल जीवन पछि क्रिकेट व्यवस्थापनमा जाने योजना रहेको राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बताएका छन् । क्रिकेटकै कारण आफु यो स्थानमा आएको उल्लेख गर्दै पारसले डिस होम एक्सन स्पोर्टस्को फेयर प्लेलाई दिएको अन्तवार्तामा भनेका छन्, ‘ सायद म क्रिकेटमा हुन्नथे भने आज यो अवस्थामा नहुन सक्थे । त्यसैले मैले जानेको क्रिकेट नै हो । भविष्यमा क्रिकेटमा व्यवस्थापनमा जाने इच्छा छ । निर्वाचन प्रक्रियाबाट जाने म प्रयास गर्नुछु । त्यसको लागि अध्यक्ष नै हुनुपर्छ भन्ने छैन । टिममा बसेर काम गर्न इच्छुक छु । ‘

क्रिकेट खेलाडी संघका महासचिवका रुपमा समेत क्रियासिल पारस क्रिकेट छनोट समितिका पनि सदस्य हुन् । यति धेरै जिम्मेवारी लिदा विवाद र आलोचनको डर हुन्न भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘दबाब हुन्छ । खेलाडी छनोट गर्न आफैमा सजिलो काम होइन । तर, जति राम्रो खेलाडी भएपनि सबैलाई एकै पटक राख्न सकिन्न । जिम्मेवारी लिएपछि त्यसलाई पुरा गर्नुपर्ने हुन्छ । मैले आफ्नो लागि होइन टोलीका लागि निर्णय लिने हो ।’

उनले आफु आलोचनबाट पनि कहिले विचलिन नहुने बताएका छन् । उनले थपे’आलोचना स्वभाविक हो । मेरो व्यक्तिगत र पेशागत इतिहासलाई जसले पनि हेर्न सक्नु हुन्छ । मलाई केहि डर छैन । किनकी मैले केहि गलत गरेको छैन । हामी क्रिकेट खेलाडीको एउटा मात्र नियत भनेको क्रिकेटको विकास हो ।’ नेदरल्यान्ड्सविरुद्धको एक दिवसिय श्रृखंलाको दोस्रो खेलमा अन्तिम समयमा निकालेको जितलाई सुनाउदा निकै उत्साहित रुपमा प्रस्तुत भएका पारसले यसपटक विगतमा भन्दा दबाब कम रहेको बताए ।

‘यसअघि हामी अगाडी बढ्ने सपना र पछि परिन्छ की भन्ने चिन्ता हुन्थ्यो । यो पटक फरक रह्यो । केहि इमोसनल पनि थियौं । हामी पहिलो पटक एक दिवसिय खेल्दै थियौं । अर्को कम्तीमा अब चार वर्ष एक दिवसिय मान्यता राष्ट्र भएकोले घटुवा हुनुपर्छ भन्ने डर थिएन । शक्ति (दाई) गौचनको अन्तिम भ्रमण भएकाले पनि हामीलाई अलिक विशेष लागेको थियो ।’
पारसले आइसीसीले पाँच सदस्यीय अनुगमन समिति बनाएकोले अब केहि महिनामा विवाद समाधान हुने आशा पनि व्यक्त गरे । उनले सबै चित नयाँ ढंगले अघि बढ्नु पर्ने र त्यसका लागि सबै जिल्लाको निर्वाचन पुनः हुनुपर्नेमा जोड दिएका छन् । उनले क्यानको साधारण सदस्यका लागि मापदण्ड पुगेका सबैलाई निर्वाचनमा सक्रिय सहभागि भइ आफ्नो मतको प्रयोग गर्न पनि आग्रह गरेका छन् ।

पारससँगको अन्र्तवार्ता डिस होम एक्सन स्पोर्टस च्यानलसको फेयर प्ले कार्यक्रम शनिबार साँझ ८ः०० बजे प्रसारण हुनेछ ।

Parash Khadka #Fair Play मात्र Action Sports मा

#Parash Khadka#Fair Playमात्र Action Sports मासाथै हाम्रो Youtube च्यानल लाई Subscribe गर्न नबिर्सिनु होलाLINK:-https://www.youtube.com/channel/UCUJuEnkLMLZ08gnW1hjXolA

Posted by Action Sports on Thursday, August 9, 2018

March 10, 2025

वुमेन्स डे क्रिकेट – नेपाल र हङकङ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ ‌ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

Success

Thank you for your time.