default_image

7 years ago

August 10, 2018

सिपिएलमा सन्दीप सम्मिलित प्याट्रियट्सको हार

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा पराजित भएको छ ।  शुक्रबार बिहान भएको पहिलो खेलमा सन्दीपको टिम प्याट्रियट्स गुयाना अमेजन वारिवर्ससँग ६ विकेटले पराजित भएको हो

प्याट्रियट्सले दिएको १ सय ४७ रनको लक्ष्य वारिवर्सले १६ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा ग¥यो । वारिवर्सको जितमा शिमरोन हेटम्येरले अविजित ७९ रन जोड्दा कृष ग्रीनले अविजिन २५ रनको योगदान दिए । जासन मोहमेदले १६ रन जोड्दा कप्तान सोयब मल्लिकले १४ रन जोडे । प्याट्रियट्सका लागि सेल्डोन कोट्रेल र सन्दीप लामिछानेले समान २ विकेट लिए ।

सिपीएल क्रिकेटमा डेब्यु गरेका सन्दीपले आफ्नो स्पेलको ४ ओभरमा १२ रन खर्चिएर २ विकेट लिएपनि टिमलाई जिताउन सकेन । सन्दीपले वारीवर्सका चाडविक वाल्टन र जासन मोहमेदलाई आउट गरेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्याट्रियट्सले ५ विकेट गुमाएर १ सय ४६ रन जोडेको थियो । प्याट्रियट्सका कप्तान क्रिस गेलले ८६ रन जोड्दा टम कोपर र बेन कटिङले समान १५ रन जोडे । वारिवर्सका किमो पाउलले २ विकेट लिए ।

March 10, 2025

वुमेन्स डे क्रिकेट – नेपाल र हङकङ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ ‌ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००२ मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

Success

Thank you for your time.