7 years ago
August 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतमा हुने यू–१९ एक दिवसीय क्रिकेट श्रृखंला र बंगलादेशमा हुने एसीसी एसिया कपका लागि नेपाली टोलीको खेलाडी छनोट खुल्ला प्रतिस्पर्धाबाट गरिने भएको छ ।
नेपाली यु–१९ टोलीका प्रशिक्षक विनोद दासले बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै भारतमा हुने प्रतियोगिताका साथै एसिया कपका लागि खुला प्रतिस्पर्धामार्फत पनि खेलाडी छनोट गर्न लागिएको जानकारी दिए ।
‘हामीलाई भारतले सिरिज खेल्नको लागि निम्तो दिएको छ । हामी खेल्न तयार छौं । तर, नेपालमा बोर्ड या नेपाल क्रिकेट संघ (क्यान) नहुदा आइसीसीकै भरमा चल्नुपर्दा केही ढिला हुन सक्नेछ । त्यसैले हामीले तयारी थाल्नका लागि खुल्ला छनोट गर्न लागेका हौं ’ प्रशिक्षक दासले पत्रकार सम्मेलनमा भने, ‘साउन २८, २९ र ३० गते तीन दिनसम्म काठमाडौंस्थित रातोपुलमा रहेको भेलोसिटी एरिनामा खुल्ला छनोट हुनेछ । यसरी खुल्ला छनोटबाट आएका ९ जना खेलाडीले यु–१९ टिममा स्थान बनाउनेछन् ।’
खुल्ला छनोटबाट छानिएका ९ जना, प्रत्येक प्रदेशबाट तीन÷तीन जना गरी २१ जना, यु–१६ राष्ट्रिय टिमका १४ खेलाडीसहितको क्याम्पबाट १२ जना छनोट हुने प्रशिक्षक दासले बताए । प्रशिक्षक दासका अनुसार क्याम्पमा यु–१९ राष्ट्रिय टिमबाट खेलेका खेलाडीलाई समावेश गरिने छैन ।
सुरुवाती क्याम्पबाट छनोट भएका १२ खेलाडी र यू–१९ टिमबाट खेलेका तर राष्ट्रिय टोलीमा नपरेका ७ खेलाडीसहित १९ जनाको दोस्रो क्लोज क्याम्प गरिनेछ । प्रशिक्षक दासले भारतमा हुने सिरिज एसिया कपको लागि फलदायी हुने बताए ।
भारतको कोलकातामा हुने प्रतियोगितामा भारत र अफगानिस्तानका साथै भारतकै नेशनल क्रिकेट एकेडेमी (एनसीए) को यू–१९ टोली छ । प्रतियोगिता सेप्टेम्बर ९ देखि २० सम्म हुँदैछ । यसका लागि आफूले आईसीसी र एसीसीसँग प्रस्ताव गरेको र छिटै स्वीकृत हुने विश्वास रहेको प्रशिक्षक दासले बताए ।
भारतमा हुने सिरिज र एसिया कपपछि हुने यु–१९ विश्वकप छनोटमा फेरि खेलाडी छनोट हुने गरिने प्रशिक्षक दासले बताए । सिरिजको पहिलो खेलमा नेपालले सेप्टेम्बर १२ मा एनसीएसँग जादभपुर युनिभर्सिटीको मैदानमा खेल्नेछ । यस्तै सेप्टेम्बर १४ मा नेपालले भारतसँग इडेन गार्डेन्समा खेल्नेछ । नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग सेप्टेम्बर १६ मा खेल्नेछ ।
एसिया कप अक्टोबरमा बंगलादेशमा हुँदैछ । जसमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्नेछन् । गतबर्ष मलेसियामा आयोजना भएको यू–१९ एसिया कप सेमिफाइनलमा पुगेसँगे एसिया कपलाई छनोट भएको थियो । मलेसियामा नेपालले भारतलाई हराएर सनसनी मच्चाएको थियो ।
March 10, 2025
एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]
March 10, 2025
एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो। ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]
March 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]