7 years ago
August 8, 2018
काठमाडौं (हाम्रो खेलकुद)– एसिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली लाई ब्याटिङ प्रशिक्षण दिन भारतीय ब्याटिङ प्रशिक्षक अपुर्व देशाई नेपाल आउने भएका छन् ।
भारतीय क्रिकेट टोली र आइपीएल टोली कोलकता नाइट राइडर्सलाई प्रशिक्षण दिइसकेका अपुर्व देशाईं नेपाल आउन लागेको नेपाली टोलीका जगत टमाटाले जानकारी गराए ।
‘हामीले आइसीसीलाई ब्याटिङ कन्सलटेन्ट आवश्यक रहेको आग्रह गरेका थियौ । आइसीसीबाट देशाईंको नाम अप्रुभ भएको छ ’ प्रशिक्षक टमाटाले भने, ‘उनी केही दिनमा नै नेपाल आउने छन् । हामी अब दुई दिनपछि एसिया कपको छनोटको लागि प्रशिक्षण थाल्नेछौं ।’
यसअघि नेपालको ब्याटिङलाई सहयोग गर्न भारतबाट मोन्टी देशाईं, उमेश पटवाल र सुलक्षण कुलकुर्णी नेपाल आएका थिए ।देशाईं भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को नेशनल क्रिकेट एकेडेमी (एनसिए) बाट मान्यता प्राप्त लेभल ‘सी’ प्रशिक्षक हुन् । उनले गुजरातका लागि फस्ट क्लास क्रिकेट खेलेका छन् ।
भदौ १३ देखि २१ गते सम्म मलेसियामा हुने एसीसी एसिया कपको छनोटमा नेपालसहित ६ टिमको सहभागिता छ । छनोट प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ । युएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेता टिम एसिया कपका लागि छनोट हुनेछ । ६ टिममध्ये छनोट पार गर्ने एक टिम भदौ ३० देखि युएईमा हुने एसिया कपमा छनोट हुनेछ । छनोट हुने टिम भारत र पाकिस्तान रहेको समूहमा पर्नेछ ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]