default_image

6 years ago

August 7, 2018

पारससहित चार खेलाडी टि–ट्वान्टी वरियतामा

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित चार खेलाडी आइसीसी टि–ट्वान्टी वरियतामा सुमावेश भएका छन् । पारस र शरद भेषवाकर ब्याटिङतर्फ र बसन्त रेग्मी र सोमपाल कामी बलिङतर्फ शीर्ष सयको सुचीमा परेका हुन् ।

Paras Khadka

पारस खड्का

ब्याटिङतर्फ नेपालका कप्तान पारस खड्का ८९औँ तथा शरद भेषावकर ९८औँ स्थानमा छन् । वरीयतामा पारस किरण पोलार्ड, जर्ज बेली जस्ता खेलाडी भन्दा अगाडि छन् भने शरदपछि वेष्टइन्डिजकै डारेन शामी र जिम्बावेका सिकन्दर राजा छन् । पारसको २ सय ६५ तथा शरदको २ सय ३८ रेटिङ अंक छ ।

sarad

शरद भेषावकर

यस्तै बलिङतर्फ स्पिनर बसन्त रेग्मी बलिङतर्फ ७१औँ तथा फास्ट बलर सोमपाल कामी ९२औँ वरीयतामा छन् । बसन्तको ३ सय ९७ तथा सोमपालको ३ ष् ि३८ रेटिङ छ । टी–ट्वान्टीको ब्याटिङतर्फ अष्ट्रेलियाका आरोन फिन्च तथा बलिङतर्फ अफगानिस्तानका रसिद खान शीर्ष स्थानमा छन् ।

बसन्त रेग्मी

यस्तै पारस खड्का टी–ट्वान्टी अलराउण्डरतर्फ ३७औँ स्थानमा छन् । सोमपाल ५७औँ स्थानमा छन् । यसमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल पहिलो स्थानमा छन् ।
नेपालले तीन वर्षपछि आइसीसीको टी–ट्वान्टी मान्यता प्राप्त खेलपछि खेलाडीहरु वरीयतामा समावेश भएका हुन् ।

सोमपाल कामी

यसअघि पनि नेपालले २०१४ मा बंगलादेशमा टी–ट्वान्टी विश्वकप र नेदरल्याण्ड्ससँग २०१५ मा टी २० इन्टरनेशनल सिरिज खेलेपछि नेपाली खेलाडीहरु टी २० वरीयतामा समावेश भएका थिए । त्यतिबेला पारस ब्याटिङतर्फ ६४औँ स्थानमा थिए । जुन नेपाली ब्याट्सम्यानको उच्च वरियता हो ।

September 21, 2024

दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानलाई एतिहासिक सफलता

एजेन्सी – अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध ओडिआई सिरिजमा एतिहासिक सफलता हासिल गरेको छ । अफगानिस्तानले शुक्रवार दोस्रो ओडिआई १ सय ७७ रनको जित निकालेसँगै एक खेलअघि नै सिरिजमा कब्जा जमाएको छ । पहिलो खेल अफगानिस्तानले ६ विकेटले जितेको थियो । दक्षिण अफ्रिका विरुद्ध अफगानिस्तानको त्यो पहिलो जित थियो । अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध सिरिज जितेको यो पहिलो […]

September 20, 2024

युएईको लिग टुमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ। युएईले शुक्रवार नामिबियामाथि १ विकेटको जित हात पारेको छ । विन्डोहकमा ३ सय १४ रनको लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । युएईका बिष्णु सुकुमारनले सर्वाधिक ९७ रन जोडे । उनले ९० बलमा ८ चौका […]

September 20, 2024

भारत फराकिलो अग्रतातर्फ

एजेन्सी – भारत बंगलादेशविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङमा फराकिलो अग्रतातर्फ अघि बढेको छ । दोस्रो दिन शुक्रवार को खेल सकिदा भारतले ३ सय ८ रनको अग्रता बनाएको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । पाहुना टोलीले १ सय ४९ रन मात्र बनाएपछि पहिलो इनिङमा २ सय २७ रनले पछि […]

Success

Thank you for your time.