7 years ago
August 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अबको योजना एसिया कपको लागि छनोट हुनु रहेको बताएका छन् । नेदरल्यान्ड्सविरुद्धको ऐतिहासिक एकदिवसीय क्रिकेट श्रृखंला खेलेर सोमबार स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग पारसले भने ,‘एसिया कप नजिकिएको अवस्थामा अबको यात्रा एसिया कपलाई छनोट हुने हो । हामीसामु एसिया कपको अर्को ठूलो अवसर छ । छनोटमा राम्रो खेल्दै एसिया कपमा छनोट हुने योजना छ ।’
नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले नेदरल्यान्ड भ्रमण सफल रहेको बताए । ‘नेपाली टिमले फिल्डिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरे । ब्याटिङमा पनि सुधार गरेको छ । अझै यस्तै प्रतियोगिता खेल्न पाए नेपाली खेलाडी माथिल्लो स्तरमा पुग्न सक्नेछ ’ प्रशिक्षक टमाटाले भने, ‘भारत र पाकिस्तानसँग एसिया कप खेल्ने लक्ष्य छ । यसका लागि खेलाडीमा अझै एक्सपोजरको अभाव छ । नेपाली खेलाडी पोटेन्सियल रहेकाले एक्सपोजर पाए भारत र पाकिस्तानसँग खेल्न सक्ने क्षमता छ ।’
प्रशिक्षक टमाटाले एसिया कप छनोटको लागि दुईरचार दिनको आराम गरेर क्याम्प थालिने बताए । उनले छनोटको लागि श्रीलंकामा प्रशिक्षणका लागि प्रपोजल पठाएको र एकरदुई दिनमा थाहा हुने जानकारी दिए । एसिसी एसिया कप छनोट प्रतियोगिता आगामी भदौ ११ देखि २२ सम्म मलेसियामा हुँदैछ । छनोट प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ । युएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टिम एसिया कपका लागि छनोट हुनेछ ।
६ टिममध्ये छनोट पार गर्ने एक टिम भदौ ३० देखि युएईमा हुने एसिया कपमा छनोट हुनेछ । नेपाल र युइई एकदिवसीय मान्यता प्राप्त राष्ट्र हुन् । नेपाली टोली नेदरल्यान्ड्सविरुद्ध डेब्यू सहित दुईवटा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेर स्वदेश फर्केको हो । त्यसअघि टोलीले लर्डसमा मेरिलबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्डसँगको त्रिकोणात्मक ट्वान्टी ट्वान्टी श्रृखंलामा खेलेको थियो ।
जसमा नेपाल र नेदरल्यान्ड्स संयुक्त रुपमा विजेता बनेका थिए । ट्वान्टी ट्वान्टी श्रृखंला अघि नेपालले ४ वटा अभ्यास खेल समेत खेलेको थियो । टोली साउन २ गते युरोप भ्रमणमा निस्केको थियो । नेपालले नेदरल्यान्डविरुद्धको एक दिवसीय श्रृखंलामा १–१ बराबरी गरेको थियो । पहिलो खेलमा मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपाली टोली ५५ रनल पराजित भएको थियो ।
युरोप भ्रमणका बारेमा पारसले भने, ‘युरोप भ्रमण समग्रमा सफल भएको मान्नुपर्छ । हामीले त्यहाँ राम्रो खेल्ने प्रयास ग¥यौं । पहिलो खेलमा राम्रो शुरुवात गर्नका बावजुत मिडल अर्डर चल्न नसक्दा खेल गुमाएपनि नेपालले तुलनात्मक रुपमा राम्रो खेल पस्किन सफल भएको छ ।’ नेपाली टोलीलाई विमानस्थलमा राखेप सदस्यसचिव केशवकुमार विष्टलगायत क्रिकेट समर्थकले स्वागत गरे ।
March 10, 2025
एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]
March 10, 2025
एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो। ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]
March 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा जारी वुमेन्स टि ट्वान्टी क्वाड्रान्गुलर सिरिजमा आज आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आजको हुने खेलमा हङकङको सामना गर्दैछ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा आइतवार घरेलु टोलीलाई […]