default_image

6 years ago

August 6, 2018

युरोप भ्रमणबाट क्रिकेट टोली स्वदेश आइपुग्यो

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको नेपाली टोली सोमबार बिहान स्वदेश आइपुगेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव केशवकुमार विष्ट र क्रिकेट समर्थकहरुले स्वागत गरेका थिए ।

तस्बिर – विवेक सुवेदी /हाम्रो खेलकुद

टोलीका सदस्य लेग स्पिनर सन्दीप लामिछाने भने क्यारेबियन प्रिमियर लिग खेल्न नेदरल्याण्डबाटै वेष्ट इण्डिज गएका थिए । नेपाली टोली नेदरल्यान्ड्सविरुद्ध डेब्यू सहित दुईवटा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेर स्वदेश फर्केको हो । त्यसअघि टोलीले लर्डसमा मेरिलबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्डसँगको त्रिकोणात्मक ट्वान्टी ट्वान्टी श्रृखंलामा खेलेको थियो ।

जसमा नेपाल र नेदरल्यान्ड्स संयुक्त रुपमा विजेता बनेका थिए । ट्वान्टी ट्वान्टी श्रृखंला अघि नेपालले ४ वटा अभ्यास खेल समेत खेलेको थियो । टोली साउन २ गते युरोप भ्रमणमा निस्केको थियो । नेपालले नेदरल्यान्डविरुद्धको एक दिवसीय श्रृखंलामा १–१ बराबरी गरेको थियो । पहिलो खेलमा मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपाली टोली ५५ रनल पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले नेदरल्यान्डमाथि १ रनको रोमाञ्चक जित हात पारेको थियो ।

September 20, 2024

युएईको लिग टुमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ। युएईले शुक्रवार नामिबियामाथि १ विकेटको जित हात पारेको छ । विन्डोहकमा ३ सय १४ रनको लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । युएईका बिष्णु सुकुमारनले सर्वाधिक ९७ रन जोडे । उनले ९० बलमा ८ चौका […]

September 20, 2024

भारत फराकिलो अग्रतातर्फ

एजेन्सी – भारत बंगलादेशविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङमा फराकिलो अग्रतातर्फ अघि बढेको छ । दोस्रो दिन शुक्रवार को खेल सकिदा भारतले ३ सय ८ रनको अग्रता बनाएको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । पाहुना टोलीले १ सय ४९ रन मात्र बनाएपछि पहिलो इनिङमा २ सय २७ रनले पछि […]

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

Success

Thank you for your time.