default_image

7 years ago

August 5, 2018

कोहली पहिलो पटक टेस्ट ब्याटिङ वरियताको शीर्षस्थानमा

103 views

0 Bookmark

बर्मिघम (एजेन्सी)– विराट कोहली खेल जीवनमा पहिलो पटक टेस्ट ब्याटिङ वरियताको शीर्षस्थानमा उक्लेका छन् । एक दिवसिय क्रिकेटमा यसअघि नै शीर्षस्थानमा पुगेपनि भारतीय कप्तान कोहली टेस्ट क्रिकेटको वरियतामा भने पहिलो पटक पहिलो स्थानमा पुगेका हुन् ।

इंग्ल्यान्डविरुद्ध शनिबार सकिएको पहिलो टेस्टमा कोहलीले पहिलो इनिङ्समा १ सय ४९ र दोस्रो इनिङ्समा ५१ रन बनाएका थिए । इंग्ल्यान्डमा उनले टेस्ट क्रिकेटमा बनाएको त्यो पहिलो शतक हो ।

कोहलीले २ सय रन बनाउनका वावजुद भारतले इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टर ३१ रनले गुमाएको थियो । पाँच टेस्टको श्रृखंलामा इंग्ल्यान्ड १–० ले अघि बढेको छ । इंग्ल्यान्डविरुद्धको दुई इनिङ्समा उच्च प्रदर्शन गरेपछि कोहलीले अस्ट्रेलियका पूर्व कप्टान स्टिभ स्मिथलाई पछि पार्दै शीर्षस्थानमा उक्लेका हुन् ।

पछिल्लो ३२ महिला स्मिथ शीर्षस्थानमा थिए । दक्षिण अफ्रिकाविरुद्ध मार्चमा बल टेम्परिङको आरोपमा स्थिम १२ महिनाको प्रतिबन्धमा रहेका छन् । ५४.२८ को औसतामा ५ हजार ७ सय ५४ रन बनाएका छन् । जसमा २२ शतक सामेल छ ।

स्थिमलाई मात्र ५ अंकले पछि पारेका कोहलीले इंग्ल्यान्डविरुद्धको टेस्टमा फर्मलाई कायम राखेमा त्यो अन्तर बढ्ने निश्चित छ । टेस्ट ब्याटिङको शीर्षस्थानमा पुग्ने कोहली सातौं र सन् २०११ पछि पहिलो भारतीय खेलाडी हुन् ।

२०११ मा महान खेलाडी सचिन तेन्दुल्कर शीर्षस्थानमा थिए । कोहली अघि तेन्दुल्कर, राहुल द्रविड, गौतम गम्भिर, सुनिल गवास्कर, विरेन्द्र सहवाग र दीलिप बेङसकार टेस्ट वरियताको शीर्षस्थानमा रहन सफलभ एका थिए । टेस्ट बलिङतर्फ भने इंग्ल्यान्डका सर्वाधिक विकेट लिने खेलाडी जेम्स एन्डरसन शीर्षस्थानमा रहेका छन् ।

ब्याटिङतर्फका शीर्ष ५ खेलाडी

१. विराट कोहली (भारत)
२. स्टिभ स्थिम (अस्ट्रेलिया)
३. जोय रुट (इंग्ल्यान्ड)
४. काने विलियम्सन (न्यूजिल्यान्ड)
५. डेभिड वार्नर (अस्ट्रेलिया)

बलिङतर्फका शीर्ष ५ खेलाडी

१. जेम्स एन्डरसन (इंग्ल्यान्ड)
२. कागिसो राबाडा (दक्षिण अफ्रिका)
३. रविन्द्र जडेजा (भारत)
४. भेर्नोन फिलिन्डर (दक्षिण अफ्रिका)
५. रविचन्द्रन आश्विन

March 17, 2025

पेनोरिस ११ लाई इन्डो- नेपाल टि ट्वान्टी उपाधि

हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]

March 17, 2025

विश्वकप छनोटका लागि टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

Success

Thank you for your time.