default_image

7 years ago

August 5, 2018

‘ नेदरल्यान्ड्सविरुद्ध अन्तिम सम्म लड्यौं ‘-कप्तान पारस

54 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एक दिवसिय मान्यता प्राप्त गरेपछिको पहिलो भ्रमण समग्रतामा सफल रहेको नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले बताएका छन् । नेदरल्यान्ड्सविरुद्ध ‘डेब्यू’ एक दिवसियसहित दुई खेल खेल्नुअघि नेपालले इंल्यान्डमा त्रिकोणात्मक ट्वान्टी ट्वान्टी श्रृखंला र चार वटा अभ्यास खेल खेलेको थियो ।

Paras Khadka

‘वर्षाका कारण लर्डसको ट्वान्टी ट्वान्टी श्रृखंला सोचे अनुरुपको हुन सकेन ,’ पारसले हाम्रो खेलकुदलाई भने, ‘बाँकी समग्रमा यो भ्रमण राम्रो रह्यो । ‘नेपाल, नेदरल्यान्ड्स र एमसीसीबीचको ट्वान्टी ट्वान्टी बर्षाका कारण प्रभावित भएको थियो । नेपाल र नेदरल्यान्ड्सले ६ ओभरमा घटाइएको खेलमा एमसीसीलाई हराएका थिए ।

नेपाल र नेदरल्यान्ड्सबीचको खेल वर्षाका कारण रद्द भएपनि दुवै टोली संयुक्त विजेता बनेका थिए । त्यसअघि नेपालले खेलका ४ मध्ये ३ अभ्यास खेल जितेको थियो भने एउटा गुमाएको थियो । तर, टोलीको मुख्य उद्देश्य डेब्यू एक दिवसय क्रिकेटलाई यादगार बनाउने थियो ।

तर, नेदरल्यान्ड्सविरुद्ध बुधबार भएको पहिलो खेल नेपालले ५५ रनले गुमाएको थियो । बलिङमा उच्च प्रदर्शन गर्दै नेदरल्यान्ड्लाई १ सय ८९ रनमा रोक्न सफल भएपनि टोलीको ब्याटिङ चल्ने सकेन १ सय ३४ रनमै अलआउट भएको थियो । । यद्दपी उपप्तान ज्ञानेन्द्र मल्ल नेपालका लागि एक दिवसिय क्रिकेटमा अर्धशतक बन्ने पहिलो खेलाडी बने ।

तर, दोस्रो खेलमा नेपालले १ रनको सनसनीपूर्ण जित निकाल्दै श्रृखंलामा बराबरी गरेको थियो । पहिला ब्याटिङ गरेको नेपालले २ सय १६ रन बनाएको थियो । पहिलो खेलमा ४ विकेट लिएका कप्तान पारसले दोस्रो खेलमा अर्धशतक पुरा गरे । सोमपाल कामीले अर्धशतक मात्र पुरा गरेनन् ३ विकेट पनि लिए । पारस आफैले त्यो खेलमा २ विकेटका साथै नेदरल्यान्ड्सको अन्तिम विकेटलाई रन आउट गर्दै नेपाललाई जित दिलाए ।

‘अन्तिम सम्म पनि नहार्ने र लड्ने बानीले नै नेपाललाई सफलता दिलाएको पारसले बताए । अन्तिम सम्म आशा छोड्न हुन्न भन्नेमा हामी सचेत छौं । खेल हो जे पनि हुन सक्छ ,’ उनले भने, ‘खेलमा उच्च प्रदर्शन जति जरुरी छ धर्यता पनि त्यतिनै जरुरी हुन्छ । हामीले त्यहि गर्यौं ।’ पहिलो खेलमा पनि जित्न सम्भावना हुँदा हुँदै सोचे अनुरुपको प्रदर्शन गर्न नसकेको उनको भनाई थियो ।

उनले भने, ‘हामीले सुरुवात राम्रो गर्न सकेनौं र सम्हालिएको समयमा पनि एकरुपताको प्रदर्शन हुने सकेन ।’ तर, दोस्रो खेलमा टोलीले सामूहिक प्रदर्शन गर्दै जित सम्भव भएको बताए । अन्तिम बलमा नेदरल्यान्ड्सका लागि जितका लागि दुई रनको आवश्यकता थियो । त्यस्तोमा पारसले रनआउट गर्दै नेपाललाई जित दिलाएका थिए ।भ्रमण सकेर नेपाली टोली सोमबार स्वदेश आइपुग्दैछ ।

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

March 10, 2025

पिएम कपमा आर्मीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]

March 10, 2025

च्याम्पियन्स ट्रफी -आयोजक पाकिस्तान, उपस्थिति शुन्य

एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]

Success

Thank you for your time.