7 years ago
August 4, 2018
बर्मिघम (एजेन्सी) – इंग्ल्यान्डले भारतविरुद्धको पहिलो टेस्टमा सनसनीपूर्ण जित हासिल गरेको छ । एक दिनकोको खेल बाँकी रहँदै इंग्ल्यान्डले ३१ रनले आफ्नो पक्षमा पारेको हो । दोस्रो इनिङ्समा १ सय ९४ रनको लक्ष्य पछ्याएको भारतले सबै विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो ।
५ विकेटको नोक्सानीमा १ सय १० रनबाट दिनको खेल अघि बढाएको भारतले ५२ रन थप्दा बाँकी ५ विकेट गुमाएको थियो । कप्तान विराट कोहलीले अर्धशतक बनाएका थिए । लने ५१ रन जोडे । हार्दिक पाण्डयले ३१, दिनेश कार्तिकले २० रन जोडे । कोहलीले पहिलो इनिङ्समा शतक बनाएका थिए ।
भारतलाई लक्ष्यमा पुग्न दिनबाट बेन स्कोट सबैभन्दा खतरनाक रहे । ४ विकेट लिएका स्टोकले कोहली र मोहमद सामीलाई एकै ओभरमा आउट गरेका थिए । घरेलु टोलीका लागि स्टुवार्ड बोर्ड र जेम्स एण्डरसनले समान २ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङ्समा २ सय ८७ रन बनाको थियो । भारतले पहिलो इनिङ्समा २ सय ७४ बनाएको थियो । इंग्ल्यान्डले दोस्रो इनिङ्समामा १ सय ८० रन जोड्दै भारतलाई १ सय ९४ रनको लक्ष्य दिएको थियो ।
टेस्ट क्रिकेट आफ्नो १ हजारौं खेल इंग्ल्यान्डले जितेको छ । यो जितसँगै भारतविरुद्धको पाँच टेस्टरको श्रृखंगलामा घरले टोलीले १–० ले अग्रता लिएको छ । सन् १९०२ बाट टेस्ट खेल्न सुरु गरेको इंग्ल्यान्डले अहिले सम्म ३ सय ५८ टेष्ट जितेको छ । ३ सय ४५ टेस्टमा बराबरी खेलको इंग्ल्यान्डले २ सय ९७ टेस्टमा पराजय भोगेको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]
March 10, 2025
एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्। अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। […]
March 10, 2025
एजेन्सी – भारतले आइतवार च्याम्पियन्स ट्रफी जितेको छ। च्याम्पियन्स ट्रफीको उपाधि उचाल्नु अघि नै भारतीय क्रिकेट टोलीका खेलाडीले विशेष रुपमा डिजाइन गरिएको सेतो ब्लेजर लगाइसकेका थियो। त्यसले पनि क्रिकेट प्रेमीको ध्यान तान्ने नै भयो। ट्रफी वितरण समारोहअघि नै भारतीय टोलीका खेलाडीले छातीको खल्तीमा च्याम्पियन्स ट्रफीको लोगो भएको ब्लेजर लगाएका थिए। विजेता टोलीले यो ब्लेजर आजीवन […]