default_image

7 years ago

August 3, 2018

एक दिवसिय क्रिकेटमा नेपालको सनसनीपूर्ण जित, नेदरल्यान्ड्ससँगको श्रृखंलामा १–१ बराबरी

72 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र नेदरल्यान्ड्बीचको दुई एक दिवसिय श्रृखंला १–१ को बराबरीमा टुंगिएको छ । घरेलु टोलीविरुद्धको दोस्रो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट नेपालले १ रनले जितेपछि दुई खेल बराबरीमा टुंगिएको हो । नेपालको एक दिवसिय डेब्यू खेलका रुपमा रहेको बुधबारको खेल नेपालले ५५ रनले गुमाएको थियो ।

नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछएको नेदरल्यान्ड्सलाई ५० ओभरमा  अलआउट गर्दै २ सय १५ रनमा रोकेपछि नेपालले सनसनीपूर्ण जित हासिल गरेको हो । जितको नजिक पुगेको नेदरल्यान्ड्सको अन्तिम विकेट कप्तान पारस खड्काले रन आउट गरेपछि नेपाल विजयी भएको थियो । अन्तिम बलमा नेदरल्यान्ड्सलाई जितका लागि २ रनको आवश्यकता थियो ।

नेदरल्यान्डका लागि वेस्ले वारेसीले सर्वाधिक ७१ रनको योगदान दिए । ड्यानियल टेर ब्राकले ३९ रन जोडे । पिटर सिलार २१ त्था विन कुपर १९ रनमा आउट भए । फ्रेड क्लासिन १३ रन, सेन स्नाटर १२ रन, एसए इडवार्डस् ९ रनमा आउट भए । पाउल भान मिकिरिन १२ रनमा नटआउट रहे ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । ललित भण्डारी र कप्तान पारसले समान २ लिए । सोमपाल कामी, बसन्त रेग्मी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

त्यसअघि नेपालले टस जितेर ब्याटिङ गरेको नेपालका लागि  पारस र सोमपालले अर्धशतक पुरा गरेपछि टोलीले ४८.५ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रनको योगफल तयार पारेको थियो ।

नेदरल्यान्ड्सविरुद्धकै बुधबार भएको एक दिवसिय डेब्यू खेलमा राम्रो ब्याटिङ गर्न नसकेको नेपालका लागि दोस्रो खेलमा भने सामूहिक प्रदर्शन गरेको थियो । पहिलो खेलमा अर्धशतक बनाएका उपकप्तान ज्ञानेन्द्र मल्ल र आज मौका पाएका सुवास खकुरेलले पहिलो विकेटका लागि २९ रनको साझेदारी गरेका थिए ।

ज्ञानेन्द्रले २४ बलमा २ चौकाका साथ १३ रन जोडे । सुवासले ३३ बलमा ३ चौकासहित १९ रन जोडे । अनिल साह ४ रनमा आउट भए । कप्तान पारसले इनिङ सम्हाल्ने क्रममा अर्धशतक पुरा गरे । ६९ बल खेलेका पारसले ६ चौका र २ छक्कासहित ५१ रन बनाए ।

पछिल्लो क्रमका ब्याट्सम्यान सोमपालले अर्धशतक पुरा गरेपछि नेपालको स्कोर २ सय रन नाघेको थियो । ४६ बल खेलेका सोमपालले ५ चौका र ३ छक्कासहित ६१ रन जोडेका थिए ।

दीपेन्द्रसिंह ऐरी १९, आरिफ शेखले १६ , सन्दीप लामिछानेले ८, रोहित पौडेलले ६, बसन्त रेग्मीले १ रन र ललित भण्डारी अविजित ४ जोडे ।घरेलु टोलीका फ्रेड कासानेसले ३, मिचेल रिप्पोन र पिटर सेलारले समान २, पाउ भान मेकिरेन र साने स्नाटेरले समान १ विकेट लिएका थिए ।

March 10, 2025

पुलिसको विजयी सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

March 10, 2025

पिएम कपमा आर्मीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]

Success

Thank you for your time.