7 years ago
August 3, 2018
बर्मिघम (एजेन्सी)- इंग्लान्डविरुद्धको पहिलो टेस्टमा जितका लागि भारतले १ सय ९४ रनको लक्ष्य पाएको छ । तेस्रो दिन शुक्रबार इंग्लान्ड दोस्रो इनिङ्समा १ सय ८० रनको अलआउट भएपछि भारतले १ सय ९४ रनको विजय लक्ष्य प्राप्त गरेको हो ।
घरेलु टोलीले पहिलो इनिङ्समा २ सय ८७ रन बनाएको थियो । भारतले पहिलो इनिङ्समा इंग्लान्डभन्दा १३ रन कम २ सय ७४ रन बनाएको थियो । १ विकेटको क्षेतिमा ९ रनबाट इंल्यान्डले तेस्रो दिनको खेल सुरु गरेको थियो ।
साम कारुनले अर्धशतक बनाउनु बाहेक अन्य खेलाडीले खासै उल्लेख प्रदर्शन गर्न नसकेपछि घरेलु टोली सस्तैमा समेटिएको थियो । जोनी ब्रेस्टोनले २८, डाविड मालानले २०,अदिल रसिदले १६, जोए रुटले १४ र स्टुआर्ट बोर्डले ११ रन बनाए ।
भारतका लागि इशान्त शर्माले ५, रविचन्द्रन आविश्नले ३ र उमेश यादले २ विकेट लिएका थिए । यो समाचार तयार पार्दा भारतले २ विकेटको क्षतिमा ३६ रन बनाएको छ । कप्तान विराट कोहली ५ र केएल राहुल ११ रनमा अविजित छन् । ओपनरद्वय मुरली विजय ६ र शिखर धवन १३ रनमा आउट भएका थिए ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]