default_image

7 years ago

August 3, 2018

नेपालले नेदरल्यान्ड्सलाई दियो २ सय १७ रनको लक्ष्य

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्यान्ड्सलाई २ सय १७ रनको विजय लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक पुरा गरेपछि टोलीले ४८.५ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रनको योगफल तयार पारेको थियो ।

नेदरल्यान्ड्सविरुद्धकै बुधबार भएको एक दिवसिय डेब्यू खेलमा राम्रो ब्याटिङ गर्न नसकेको नेपालका लागि दोस्रो खेलमा भने सामूहिक प्रदर्शन गरेको थियो । पहिलो खेलमा अर्धशतक बनाएका उपकप्तान ज्ञानेन्द्र मल्ल र आज मौका पाएका सुवास खकुरेलले पहिलो विकेटका लागि २९ रनको साझेदारी गरेका थिए ।

ज्ञानेन्द्रले २४ बलमा २ चौकाका साथ १३ रन जोडे । सुवासले ३३ बलमा ३ चौकासहित १९ रन जोडे । अनिल साह ४ रनमा आउट भए । कप्तान पारसले इनिङ सम्हाल्ने क्रममा अर्धशतक पुरा गरे । ६९ बल खेलेका पारसले ६ चौका र २ छक्कासहित ५१ रन बनाए ।

पछिल्लो क्रमका ब्याट्सम्यान सोमपालले अर्धशतक पुरा गरेपछि नेपालको स्कोर २ सय रन नाघेको थियो । ४६ बल खेलेका सोमपालले ५ चौका र ३ छक्कासहित ६१ रन जोडेका थिए ।

दीपेन्द्रसिंह ऐरी १९, आरिफ शेखले १६ , सन्दीप लामिछानेले ८, रोहित पौडेलले ६, बसन्त रेग्मीले १ रन र ललित भण्डारी अविजित ४ जोडे ।घरेलु टोलीका फ्रेड कासानेसले ३, मिचेल रिप्पोन र पिटर सेलारले समान २, पाउ भान मेकिरेन र साने स्नाटेरले समान १ विकेट लिएका थिए ।

March 10, 2025

पुलिसको विजयी सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

March 10, 2025

पिएम कपमा आर्मीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]

Success

Thank you for your time.