7 years ago
August 3, 2018
काठमाडौ (हाम्रो खेलकुद)-नेदरल्यान्ड्सविरुद्धको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेर नेपालले ब्याटिङ रोजेको हो । एक दिवसियमा डेब्यू रहेको बुधबारको खेल नेपालले ५५ रनले गुमाएपछि आजको खेलमा ३ खेलाडी परिवर्तन गरिएको छ ।
दोस्रो खेलमा सुवास खकुरेल, रोहित पौडेल र ललित भण्डारीले मौका पाएका छन् । चोटका कारण शरद भेषावकरले यसअघि नै यो खेल नखेल्ने तय भइसकेको थियो । पहिलो खेलमा रहेका शक्ति गौचन र करण केसी यो खेलमा छैनन् । डेब्यू खेल नै शक्तिको एक दिवसिय खेलमा पहिलो र अन्तिम रहेको छ ।
नेदरल्यान्ड्स जानु अघि नै उनले यो भ्रमण आफ्नो अन्तिम भएको बताएका थिए । यद्दपी उनले नेपालमा हुने एक अन्तर्राष्ट्रिय खेलमार्फत अन्तर्राष्ट्रिय खेल जीवनबाट विश्राम लिने आफ्नो चाहना रहेको बताएका थिए ।
डेब्यु एक दिवसीयमा नेपालले उच्च बलिङ गरेको थियो । फिल्डिङ पनि उच्च रहँदा ब्याटिङमा अग्रपङ्तिका ओपनरले राम्रो साझेदारी गर्नुबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । यो श्रृखंलालाई बराबरी गर्नका लागि आजको खेल नेपालले जित्नु पर्ने हुन्छ ।
नेपाली टोलीका कप्तान पारस खड्काले राम्रो शुरुवात गर्नाका बाजजुत लगातार विकेट पतन हुदा हार बेहोर्नु परेको बताएका थिए । पारसले भरपर्दा शरद भेषवाकर घाइते हुनु पनि टिमका लागि घाटा भएको प्रतिक्रिया दिए ।
शरदले पहिलो इनिङ्समा फिल्डिङ गर्ने क्रममा औलामा चोट बोकेपछि अन्तिम नम्वरमा ब्याटिङमा आएका थिए । डेब्यु खेलमा नेदरल्यान्ड्सले दिएको १ सय ९० रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ४१ ओभर ५ बलमा सबै विकेटको क्षतिमा १ सय ३४ रनमा समेटिएको थियो ।
यसक्रममा ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्लले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । ओपनर अनिल कुमार साह र मल्लले पहिलो विकेटको लागि ५८ रनको साझेदारी गरेपनि त्यसपछि नेपालले ठुलो साझेदारी बनाउन सकेन ।
मध्यक्रमका दीपेन्द्रसिंह ऐरीले ३३ रन जोडेका थिए । नेदरल्यान्डलाई १ सय ८९ रनमै समेट्ने क्रममा पारसले ४ र सोमपाल कामीले ३ विकेट लिएका थिए ।
नेपाली टोली- पारस खड्का, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, अनिल साह, दीपेन्द्रसिंह ऐरी , सोमपाल कामी , आरिफ शेख, बसन्त रेग्मी, रोहित पौडेल, ललित भण्डारी, सन्दीप लामिछाने
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]