default_image

7 years ago

August 2, 2018

पहिलो दिन इंग्ल्यान्डका दुई खेलाडीको अर्धशतक

65 views

0 Bookmark

बर्मिघम (एजेन्सी)– भारतविरुद्धको पहिलो टेस्टको पहिलो दिन बुधबार इंग्ल्यान्डले ९ विकेट क्षतिमा २ सय ८५ रन बनाएको छ । पहिलो दिनको खेल सकिदा साम कुरान २४ रन र जेम्स एन्डरसन शून्यमा अविजित छन् ।

टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीका लागि जो रुट र जोनी ब्रिस्टोले अर्धशतक पुरा गरेका थिए । १ सय ५६ बल खेलेका रुटले ९ चौकासहित ८० रन बनाएका थिए । ८८ बल खेलेका ब्रिस्टोले ९ चौका साथ ७० रन बटुलेका थिए ।

एलेस्टर कुलले १३ , किटोन जिनिङ्सले ४२, बेन स्टोक्सले २१, सा कुरानले २४, अदिल रसिदले १३, डेविड मालाले ८ रन जोडे । भारतका लागि रविचन्द्रन आश्विनले ४, मोहम्मद सामीले २ विकेट लिए । त्यस्तै उमेश यादव र इशान्त शर्माले समान १ विकेट लिएका थिए । यो इंग्ल्यान्डको एक हजारौं टेस्ट क्रिकेट हो ।

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

March 17, 2025

सुदूरपश्चिमविरुद्ध पुलिसको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]

March 17, 2025

आर्मीविरुद्ध एपिएफको सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]

Success

Thank you for your time.