7 years ago
August 1, 2018
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले ‘डेब्यु’ एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा १ सय ९० रनको मध्यम लक्ष्य पाएको छ । नेदरल्यान्डको भिएआर मैदान एम्सटरड्याम टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड ४७ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ८९ रनमा समेटिएपछि नेपालले १ सय ९० रनको मध्यम लक्ष्य पाएको हो ।
नेदरल्यान्डका लागि मिकेल रिप्पनले ५१ रनको अर्धशतीय इनिङ्स खेले । बास डि लिडेले ३० रन जोडे । स्टिफिन माईवर्घ २९ रनमा आउट भए । बेन कुपर २०, स्कट इडवार्ड्स १८ रनमा आउट भए । यस्तै विस्ले बारेसी १२ र फ्रेड कालासन ११ रनमा आउट भए ।
घरेलु टोली नेदरल्यान्डलाई मध्यम योगफलमा समेट्न कपतान पारस खड्काले ४ विकेट लिए । आफ्नो स्पेलको पुरै १० ओभरमा पारसले २६ रन खर्चदै ४ विकेट लिन सफल भएका हुन् ।
सोमपाल कामीले ३ विकेट लिए । सन्दीप लामिछाने, बसन्त रेग्मी र करण केसीले समान १ विकेट हात पारे । नेपालले केही बेरमा ब्याटिङ थाल्नेछ ।
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]