default_image

7 years ago

August 1, 2018

‘डेब्यू’ खेलमा नेपाल फिल्डिङ गर्दै

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एक दिवसिय अन्तर्राष्ट्रिय डेब्यू खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । घरेलु टोली नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । २२ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले झन्डै ६ महिना अघि चार वर्षका लागि एक दिवसिय मान्यता प्राप्त गरेको थियो ।

नेदरल्यान्ड्स जानु अघि नेपालले इग्ल्यान्डमा चार वटा अभ्यास र एउटा त्रिकोणात्मक ट्वान्टी ट्वान्टी सिरिज खेलेको थियो । नेपालले चार मध्ये तीन वटा अभ्यास खेल जितेको थियो ।

नेपाल, नेदरल्यान्ड् र एमसीसी सम्मिलित ट्वान्टी ट्वान्टी सिरिजमा भने नेपाल र नेदरल्यान्ड्स संयुक्त विजेता बनेका थिए । एमसीसीलाई हराएका दुवै टोलीको खेल वर्षाले रद्द भएपछि नेपाल र नदेरल्यान्ड्स संयुक्त विजेता बनेका थिए ।

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

Success

Thank you for your time.