default_image

7 years ago

August 1, 2018

नेपाली क्रिकेटमा बिर्सन नसक्ने ऐतिहासिक दिन

70 views

0 Bookmark

जगदीश्वर पाण्डे

काठमाडौं – मैले एक वर्ष अघि नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सोधेको थिए,‘नेपाललाई विश्वकप क्रिकेटमा त पुर्याउनु भयो । अब अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने मुड त बनाउनु भएको छैन ?’ खड्काको जवाफ आयोे,‘पहिला टिमलाई वान–डे अन्तर्राष्ट्रिय मान्यता त दिलाउन दिउ । त्यस पछि वान–डे क्रिकेट खेलेर आनन्द लिऔं । त्यसपछि सोचौला नी के गर्ने भनेर ।’

मैले खड्कासँगको कुराकानी गरेको सायद एक वर्षमात्र भएको छ । तर उनले आपूmले जे भनेका थिए । त्यो पु¥याएरै छाड्ने भएका छन् । आज (बुधबार) नेपालले नेदरल्यान्ड्सविरूद्ध उसकै घरेलु मैलानमा एकदिवसीय क्रिकेट खेल खेलेर अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ पाइला टेक्दैछ । अर्थात् अब नेपाली क्रिकेट पनि अन्तर्राष्ट्रिय मन्चमा नयाँ शक्तिको रुपमा उत्रिएको छ ।

सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी–ट्वान्टी विश्वकपमा सहभागिता पछि यो नै नेपाली क्रिकेटले आफ्नो २२ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा पाएको सबैभन्दा ठूलो र महत्वपूर्ण सफलता हो । हुन त सन् १९९६ मै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेपछि नेपालले पनि विश्वकप खेल्ने र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने सपना नदेखिएको भने होइन ।

सन् २०१० सम्म आइपुग्दा नेपाल आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–५ मै थियो । र, भन्ने गरिन्थ्यो,‘विश्वकप त खेल्नु पर्ने हो । नेपालले एकदिवसीय क्रिकेट खेलेको पनि हेर्ने इच्छा छ तर यस्तो पाराले कहाँ संभव छ र ? विश्व कप खेल्ने र वान–डे मान्यता पाउने सपना हो । तर यो सपना मै रहला जस्तो छ ।’

२००९ बाट नेपाली टोलीका नेतृत्व पाएका जोशिला र निडर कप्तान पारस खड्का र  २०११ मा क्यानडाबाट काठमाडौं ओर्लिएका पुबुदु दासानायकेले नेपालको सपनालाई विपनामा बदल्ने अग्रसरता देखाए नेपालका खेलाडीहरूको साथमा । बलियो इन्जिन भएका गाडी त नेपालमा छदै थियो, पुबुदुले त्यसमा पेट्रोल हालिदिने र सहि समयमा सर्बिसिङ गरिदिने काम गरे ।

पुवुुदु श्रीलंकाली टोलीका पूर्व टेष्ट खेलाडी थिए, जो पछि क्यानेडेली नागरिक हुन पुगे । क्यानेडेली टोलीलाई विश्वकपमा पु¥याएको इतिहास र आत्मविश्वासका साथमा पुवुदु नेपाल आएका थिए । सपना त हाम्रा खेलाडीले पहिलेदेखि नै देखेका थिए तर सपना अनुसारको रोडम्याप देखाउने काम गरिदिए, पुवुदुले । उनी नेपालाई ट्वान्टी ट्वान्टी विश्वकप खेलाएर फर्किए ।

पुबुदु आएसँगै नेपाली क्रिकेट खेलाडीले पनि विदेशी लिग खेल्ने अवसर जुर्न थाल्यो । उनले सबैभन्दा पहिलो केहि खेलाडीलाई क्यानेडेली लिग खेल्ने अवसर जुराइदिए ।
त्यसपछि शक्ति गौचनलाई इन्डियन प्रिमियर लिग क्रिकेटको राजस्थान रोयल्स टोलीमा प्रशिक्षणको मौका सिर्जना गरिदिए । सन्दिप लामिछाने जस्ता प्रतिभालाई पुवुुदुले नै टिपेर ल्याएरका थिए ।

लामिछाने जसले यस पटक इन्डियन प्रिमियर लिगमा त दिल्ली डेयरडेभिल्सबाट खेल्दै संसारभर कै क्रिकेट प्रेमीको मन जिते । पुवुदु अहिले अमेरिकी क्रिकेट टोलीका प्रशिक्षक छन् र नेपाली क्रिकेटलाई नजिकबाट हेरिरहेका छन् । पुवुदु र उनी भन्दा पहिले नेपालमा करिब एक दशक बसेका श्रीलंकाली प्रशिक्षक रोय लुक डायसको योगदानलाई पनि बिर्सन मिल्दैन ।

 

घर भित्र क्रिकेटको विवाद विगत एक दशकदेखि उर्लिदै थियो । नेपाल क्रिकेट संघ (क्यान) र त्यसका पदाधिकारीको गैरजिम्मेवारी र त्यसमा थपिएको राजनीतिक रंगले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बदनाम नै गराइरहेको छ । संघको बैंठकमा यस्तो सम्मको झगडा भयो कि कुनै पदाधिकारीले त पेस्तोल नै निकालेर थर्काउने काम समेत भयो । त्यसको सबैभन्दा बलियो उदाहरण हो, अहिले क्यानलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले निलम्बन लगाएको छ ।

तर मैदानमा खेलाडीले देखाएको प्रदर्शनले गर्दा नेपाली क्रिकेटले एकपछि अर्को फड्को मर्दै गयो । साच्चै भन्नु पर्दा संघको खराब पक्षलाई खेलाडीको प्रदर्शनले छोपीरहेको छ । २२ वर्ष पुग्यो नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेलेको । क्रिकेटको २२ यार्डको पिचमा हाम्रा खेलाडीहरूले देखाएको प्रदर्शनले सबैको मन जित्न सफल भएको छ । हाम्रो सिमित स्रोत र साधनका बाबजुत नेपालको प्रदर्शनलाई जति तारिफ गरे पनि कम होला ।

नेपाली खेल इतिहासमै अब कहिले बिर्सन नसक्ने नेपालको यो अन्तर्राष्ट्रिय क्रिकेट यात्राका दौरान कति खेलाडी आए÷गए, प्रशिक्षक आए÷गए, कप्तान आए÷गए । खेलमा जित र हार भइरहन्छ । तर सबैले आ–आप्m्नो स्थानबाट योगदान भने पक्कै गरेका छन् । कतिले खेलाडीले हारको आँसु बगाएर कति दिन सुत्न सकेनन् । कतिलाई जितले उत्साह दियो र अझ राम्रो गर्ने जोश मिल्यो ।

सबैले आ–आफ्नो स्थानबाट योगदान गरेरै अहिलेको स्थानमा नेपाली क्रिकेट पुगेको हो । ती तमाम प्रत्यक्ष र अप्रत्यक्ष योगदान गर्ने सम्पूर्ण नेपालीहरूको खुसीको क्षम बन्न पुगेको छ, आजको दिन । नेदरल्याड्समा हुने खेलको नतिजा जे होस, नेपाली क्रिकेटले पाएको सफलताले सबैको मन जितेको छ । आजको दिन नेपाली क्रिकेटको स्वणीम दिनको रूपमा पक्कै दर्ता हुनेछ ।

(यो लेख पत्रकार जगदीश्वर पाण्डेको ब्लग ‘चेकनेपालब्लगस्पटडटकम’ बाट लिइएको हो । ‘विश्व टी–ट्वान्टी क्रिकेटका सारथीहरू’ पुस्तकका लेखक पाण्डे हाल अंग्रेजी पत्रिका द हिमालयन टाइम्समा राजनीतिक ब्यूरोमा प्रिन्सिपल करेसपोन्डेन्टका रुपमा कार्यरत छन् ।)

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

Success

Thank you for your time.