default_image

7 years ago

July 31, 2018

एक दिवसीय अन्तर्राष्ट्रिय ‘डेब्यु’ मा जितको लक्ष्यमा नेपाल

71 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बुधबार ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को तालिका अनुसार नेदरल्यान्डविरुद्ध तय भएको २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको पहिलो खेल खेल्दैछ । खेल एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउसो २ः४० बजेपछि शुरु हुनेछ ।

बुधबार हुने नेपाल र नेदरल्यान्डबीचको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमात्र नभएर नेपालको लागि इतिहास पनि हो । त्यही इतिहासलाई सुखद बनाउने लक्ष्यमा नेपाली क्रिकेट टिम रहेको छ । यही महत्वपूर्ण र ऐतिहासिक खेलका लागि नेपाली क्रिकेट टिमले लन्डनमा चार अभ्यास खेल र नेदरल्यान्ड्स र एमसीसीसँग त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज खेलेको थियो । यद्दपि वर्षाका कारण त्रिकोणात्मक सिरिजको अन्तिम नेपाल र नेदरल्यान्ड्सबीचको खेल रद्ध भएको थियो ।

ऐतिहासिक खेलमै नेपाल जितको खोजीमा हुनेछ । इंग्ल्यान्ड भ्रमणमा निस्कनुअघि नेपाल िटिमका कप्तान पारस खड्काले ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सबै खेलाडी उत्सुक रहेको बताएका थिए । ‘सबैको चाहना थियो कि नेपाली क्रिकेट यो स्थानमा पुगोस् । नेदरल्यान्डसँग पहिलो एक दिवसीय खेल खेल्दैछौं । धेरै खुशी छौं । जितेर नै सुरुवात गर्ने सक्दो प्रयास गर्नेछौं ।’

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले इंग्ल्यान्ड प्रस्थान गर्नुअघि नेपाली क्रिकेट ऐतिहासिक क्षण नजिक रहेको र राम्रो क्रिकेट खेल्ने बताएका थिए । प्रशिक्षक टमाटाले जितबाट नै ऐतिहासिक यात्रा तय गर्नेसमेत बताएका थिए । नेपाल र नेदरल्यान्ड अहिलेसम्म पाँच पटक आमने समाने भएका छन् । जसमध्ये नेदरल्यान्डले तीन तथा नेपालले दुई खेल आफ्नो पक्षमा पारेको छ ।

२०१४ को विश्वकप छनोटमा नेपाल नेदरल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । २०१५ मा आइसीसी विश्व क्रिकेट लिगमा नेपाल २ विकेटले विजय भएको थियो । २०१६ मा विश्व क्रिकेट लिग च्याम्पियसिपमा पहिलो खेलमा नेदरल्यान्ड ७ विकेटले विजयी हुदा दोस्रो खेलमा नेपाल १९ रनले विजयी भएको थियो । पछिल्लो पटक २०१८ मार्चमा भएको विश्वकप छनोटमा नेपाल ४५ नले पराजित भएको थियो । यस्ता अवस्थामा नेपाल र नेदरल्यान्डबीचको खेल प्रतस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ ।

१९८८ मा आईसीसीको सदस्य बनेको नेपालले १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो । २०१८ मार्चमा नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यो नेपाली क्रिकेटको अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो । २००८ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ बाट शुरु भएको यात्रामा आठ वर्षपछि नेपालले महत्वपूर्ण फड्का मारेको हो ।

नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), सुवास खकुरेल, शरद भेषवाकर, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, करण केसी, ललित भण्डारी ललित नारायण राजवंशी, आरिफ शेख, रोहित कुमार पौडेल, सन्दीप लामिछाने र सोमपाल कामी ।

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

Success

Thank you for your time.