7 years ago
July 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले ट्वान्टी ट्वान्टी त्रिकोणात्मक श्रृखंलाको पहिलो खेलमा आइतबार मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई ९ विकेटले हराएको छ । वर्षाका कारण ६ ओभरमा घटाएको खेलमा ४१ रनको लक्ष्य पछ्याएको नेपालले १ विकेटको क्षतिमा ८ बलअघि नै आवश्यक रन जोडेको थियो ।
ओपनर सुवास खकुरेले १६ र उपकप्तान ज्ञानेन्द्र मल्ल १२ रनमा अविजित रहँदा नेपालले जित हासिल गरेको थियो । अर्का ओपनर अनिल साहले ९ रन रन जोडे । सुवासले १४ बलमा २ चौका प्रहार गरे । ४ बल खेल्दै ज्ञानेन्द्रले १ छक्का र १ चौका प्रहार गरेका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ६ ओभरमा ४ विकेट गमुाएर ४० रन बनाएको थियो । नेपालका तीब्रगतिका बलर सोमपाल कामीले २, कप्तान पारस खड्काले १ विकेट लिए । श्रृखंलामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ट्वान्टी ट्वान्टी क्रिकेट नेपाल र नेदरल्यान्ड्सबीच केहि समयमा सुरु हुनेछ ।
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]