7 years ago
July 31, 2018
काठमाडौं (हाम्रो खेलकुद)- युवा उमेरमा इरमान खानको छवि ‘प्ले–ब्वाइ’ को थियो । उनलाई यसमा सायद मज्जा पनि थियो । लहोरको धानद्य परिवारमा जन्मेका इमरानले अक्सफोर्ड विश्वविद्यालयमा पढे र क्रिकेट खेले पनि । पछि उनी पाकिस्तानी क्रिकेट टिमका सदस्य मात्र भएनन् , कप्तान पनि भए । उनकै नेतृत्वमा त हो, पाकिस्तानले सन् १९९२ को वान डे विश्वकप जितेको ।
त्यसयता उनी राजनीतिमा लागे । खेलाडी छँदा उनले जुन खाले व्यक्तित्व बनाएको थियो, राजनीतिमा लागेयता त्यसको ठीक विपरित छवि बनाए । अहिले यिनै इमरान पाकिस्तानको प्रधानमन्त्री बन्ने तय जस्तै छ । उनको पीटीआई पार्टी त्यहाँको सबैभन्दा ठूलो पार्टी भएको छ, यसै साता सम्पन्न निर्वाचनमा । उनले लगभग २२ वर्ष राजनीतिमा बिताए र प्रधानमन्त्रीको पदसम्म पुग्न लगातार मिहिनेत गरे ।
यससँगै चर्चित खेलाडी भएर देशको सर्वोच्च पदसम्म पुग्ने उनी अर्को नाम भएका छन् । विश्व खेलकुदमा उत्तिकै ठूलो नाम भएर आ–आफ्नो देशको नेतृत्व गर्ने अवसर पाएका अरू खेल व्यक्तित्वहरू को को छन् त ? यसमा पहिलो नाम आउँछ, फुटबलका जर्ज वेह । उनले खेलाडी छँदा व्यवसायिक फुटबल पीएसजी, एसी मिलान, चेल्सी र म्यानचेस्टर सिटीबाट खेले । गत वर्ष मात्र उनी लाइबेरियाको राष्ट्रपति चुनिए ।
बक्सिङका मेनी प्याक्याउ पनि उत्तिकै चर्चित खेलाडी हुन् । उनी जत्तिको लोकप्रिय व्यक्तित्व फिलिपिन्समा अरू छैन भनिन्छ । त्यति मात्र होइन, उनी एक दिन फिलिपिन्सका राष्ट्रपति पनि हुनेछन् भनिन्छ । अहिले तत्काल भने उनी त्यहाँको सिनेटका सदस्य छन् । बक्सिङकै भिटाली क्लिट्स्को पनि उत्तिकै चर्चित खेलाडी हुन् । हेभिवेट बक्सिङमा उनी लामै समय च्याम्पियन रहे । अहिले उनी किभ सहरका मेयर छन् ।
रोमारियो त विश्व फुटबलले हेर्न पाएका सबैभन्दा राम्रा खेलाडीको सूचीमा समेत पर्छन् । यी ब्राजिली पूर्व खेलाडी पनि राजनीतिमा छन् । उनको उद्देश्य भने रियो डे जेनेरियोको गभर्नर पदमा निर्विचित हुने हो । यस्तै जापानी जुडोकी सबैभन्दा ठूला स्टार रोयोको तानी त्यहाँको माथिल्लो सदनका सदस्य छन् ।-
-एजेन्सीको सहयोगमा
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]