7 years ago
July 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – युरोप भ्रमणको अन्तिम अभ्यास खेलमा नेपाल विजयी भएको छ । क्रिकेटको मक्का मानिने लर्डस् मैदानमा मेरिलवोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्डसँग हुने त्रिकोणात्मक टी–२० सिरिज र नेदरल्यान्डसँग हुने डेब्यु एक दिवसीय क्रिकेट खेल्न अभ्यासका लागि युरोप भ्रमणमा रहेको नेपाली टिमले चौथो तथा अन्तिम अभ्यास खेलमा इस्ट लन्डन सार्कलाई १ सय ३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
यससँगै चार अभ्यास खेलमध्ये नेपालले तीन खेलमा जित दर्ता गर्न सफल भयो । नेपालले हैम्पसायर हग्स क्रिकेट क्लबमाथि २ सय ४३ रनको जित निकालेको थियो । दोस्रो अभ्यास खेलमा भने नेपाल सेन्ट क्रससँग १९ रनले पराजित भएको थियो । तेस्रो अभ्यास खेलमा नेपालले इस्ट लन्डन–११ माथि २ सय २३ रनको जित निकालेको थियो ।
लाउजटेन क्रिकेट क्लब मैदानमा नेपालले दिएको २ सय ५२ रनको विशाल लक्ष्य पछ्याएको इस्ट लन्डन सार्कले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रनमात्र बनाउन सक्यो । इस्टका लागि मध्यक्रमका ब्याट्सम्यान ताक्यु अब्बासले ३२, हाफिज यवरले २६ रन र अर्सद हरनले अविजित १६ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेन । फाहाद अनवरले ८ तथा साजाद हाफिज, लाइक्यु अख्तर, विलाल बट र हसनेन अलिले समान ५ रन बनाए ।
इस्टलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । ललित नारायण राजवंशीले दुुई तथा करण केसी, दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले समान १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धा्रित २० ओभरमा ४ विकेट गुमाएर २ सय ५१ रन बनायो । नेपालका लागि तीन खेलाडीले अर्धशतकीय इनिङ्स खेले ।
अघिल्लो खेलहरुमा जम्न नसकेका उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वा्धिक ७५ रनको अर्धशतकीय इनिङ्स खेले । ४७ बल खेलेका मल्लले ६ छक्का र ५ चौकाको मद्दतमा ७५ रन बनाए । दीपेन्द्रसिंह ऐरी ६७ रनमा नटआउट रहे । २६ बल खेलेका ऐरीले ६ छक्का र ४ चौका हिर्काए । यस्तै कप्तान पारस खड्का ६७ रनमा आउट भए ।
पारसले ३० बलमा ७ चौका र ५ छक्काको मद्दतमा ६ठ रन बनाएका थिए । रोहित कुमार पौडेल १२ रनमा नटआउट रहे । अनिल कुमार साह ८ तथा आरफ शेख २ रनमा आउट भए । सलिम अकबरले २ तथा विलाल बट र अर्सद हारुनले समान १ विकेट लिए । यस अभ्यास खेलपछि नेपाली टोलीे २९ जुलाईमा एमसीसी र नेदरल्यान्डसँग त्रिकोणात्म सिरिज खेल्दैछ । त्यसपछि नेपाल डेब्यु एक दिवसीय क्रिकेटका लागि नेदरल्यान्ड प्रस्थान गर्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]