default_image

7 years ago

July 26, 2018

नेपाली टोलीले इस्ट लन्डन सार्कलाई दियो २ सय ५२ रनको लक्ष्य

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– युरोप भ्रमणको अन्तिम अभ्यास खेलमा नेपालले इस्ट लन्डन सार्कलाई २ सय ५२ रनको विजयी लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ५१ रन बनायो । नेपालका लागि तीन खेलाडीले अर्धशतकीय इनिङ्स खेले ।

Gyanendra Malla Nepal

नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल । फाइल तस्बिर

अघिल्लो खेलहरुमा जम्न नसकेका उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको अर्धशतकीय इनिङ्स खेले । ४७ बल खेलेका मल्लले ६ छक्का र ५ चौकाको मद्दतमा ७५ रन बनाए । दीपेन्द्रसिंह ऐरी ६७ रनमा नटआउट रहे । २६ बल खेलेका ऐरीले ६ छक्का र ४ चौका हिर्काए । यस्तै कप्तान पारस खड्का ६७ रनमा आउट भए । पारसले ३० बलमा ७ चौका र ५ छक्काको मद्दतमा ६७ रन बनाएका थिए ।

रोहित कुमार पौडेल १२ रनमा नटआउट रहे । अनिल कुमार साह ८ तथा आरफ शेख २ रनमा आउट भए । सलिम अकबरले २ तथा विलाल बट र अर्सद हारुनले समान १ विकेट लिए । इस्ट लन्डन सार्कले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ । एमसीसी र नेदरल्यानडसँगको क्रिकोणात्मक ट्वान्टी ट्वान्टी सिरिज र नेदरल्यान्डसँगको डेब्यु एक दिवसीय क्रिकेट खेल्ने तयारीमा युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज अन्तिम अभ्यास खेल खेल्दैछ ।

नेपालले अन्तिम अभ्यास खेलमा आज इस्ट लन्डन सार्कसँग खेल्दैछ । नेपालले टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको छ । नेपाले अहिले ब्याटिङ गरिरहेको छ । टिममा केही परिवर्तन गरिएको छ । सुवास खकुरेल लाई विश्राम दिएर अनिल कुमार साहलाई विकेट किपरको जिम्मेवारी दिइउको छ । यसअघिका तीन मध्ये दुई अभ्यास खेलमा नेपालले जित हात पार्दा एक खेलमा पराजित भएको छ ।

यस अभ्यास खेलपछि नेपाली टोलीे २९ जुलाईमा एमसीसी र नेदरल्यान्डसँग त्रिकोणात्म सिरिज खेल्दैछ । त्यसपछि नेपाल डेब्यु एक दिवसीय क्रिकेटका लागि नेदरल्यान्ड प्रस्थान गर्नेछ ।

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

Success

Thank you for your time.