7 years ago
July 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)- अनिल कुमार साह शतकीय इनिङ्स खेलेपछि नेपाली राष्ट्रिय क्रिकेटे टिमले युरोप भ्रमणको तेस्रो अभ्यास खेलमा इस्ट लन्डन–११ लाई ३ सय ३९ रनको विजयी लक्ष्य दिएको छ ।
नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ३८ रन बनायो । नेपालका लागि अनिल कुमार साहले शतकीय इनिङ्स खेले । आक्रमक इनिङ्स खेलेका अनिलले ९१ बलमा शतक पुरा गरे ।
अनिलले ११८ बलमा १९ चौका र ३ छक्काको मद्दतमा अनिलले १ सय ३१ रन बनाए । यससँगै अनिल युरोप भ्रमणको अभ्यास खेलमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बने ।
यसअघि पहिलो अभ्यास खेलमा कप्तान पारस खड्काले शतकीय इनिङ्स खेलेका थिए । यस्तै शरद भेषवाकरले पनि शतकीय योगदान दिए । मध्यक्रमका शरद भेषवाकर शतक बनाउनबाट दुई रनले चुके ।
८६ बल खेलेका शरद ९८ रनमा आउट भए । टिमले ५८ रनको जोड्दा तीन विकेट गुमाइसकेको अवस्थामा क्रिजमा आएका अनिल र शरदले चौथो विकेटको लागि २ सय १२ रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए ।
ओपनर सुवास खकुरेल ८, ज्ञानेन्द्र मल्ल ९ र कप्तान पारस खड्का ४ रनमा आउट भएका थिए । सोमपाल कामीले २९ रन र रोहित कुमार पौडेल ११ रनमा आउट भए । करण केसी १३ तथा शक्ति गौचन ९ रनमा नटआउट रहे । दीपेन्द्रसिंह ऐरी शुन्य रनमै आउट भए ।
अर्सलन खानले ३ विकेट लिए । नाबिल अजिजले दुई तथा सागर जोशीले एक विकेट लिए । इस्ट लन्डन–११ ले केही बेरमा ब्याटिङ गर्नेछ ।
लर्डस्मा त्रिकोणात्मक सिरिज र नेदरल्यान्डविरुद्ध डेब्यु एक दिवसीय क्रिकेट खेलको अभ्यासका लागि नेपालले इंग्ल्यान्डका स्थानीय क्लबसँग अभ्यास खेल खेलिरहेको हो । दुई अभ्यास खेल खेलिरहेको नेपालले समान १ जित र हारको नतिजा निकालेको छ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]