7 years ago
July 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा हार बेहोरेको छ । पहिलो अभ्यास खेलमा हैम्पसायर होग्स क्रिकेट क्लबमाथि २ सय ४३ रनको फराकिलो जित निकालेको नेपाल सेन्ट क्रससँग १९ रनले पराजित भएको हो ।
सेन्ट क्रसले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रनमात्र बनाउन सक्यो । नेपालका लागि अनिल साहले ५६ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जिताउन सकेन । अनिलले ३९ बलमा अर्धशतक पुरा गरेका थिए ।
यस्तै आरिफ शेखले ३४ रन बनाए । नियमित कप्तान पारस विना मैदान उत्रिएको नेपालका लागि यस खेलमा कप्तान सम्हालिरहेका उपकप्तान ज्ञानेन्द्र मल्लले १८ रन बनाए । सोमपाल कामी १६ रनमा रन आउटको शिकार भए । सुवास खकुरेलले १० रन बनाए । शरद भेषवाकरले रनको खाता खोल्न सकेनन् । क्रसका फेलिक्स अर्गनले ३ विकेट लिए । ह्यारीले २ तथा असर हर्टले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट क्रसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । उसका लागि जेम्मी आडम्सले सर्वाधिक ७२ रन बनाए । ४८ बल खेलेका आडम्सले ९ चौका र २ छक्का प्रहार गर्दै ७२ रन बनाए । यस्तै फेलिक्स अर्गनले ३९ रनको योगदान दिए । २९ बल खेलेका अर्गनले समान १ छक्का र चौका प्रहार गरे । टोम स्क्रिभिनले २३ रन जोडे ।
ह्यारी ११ रनमा तथा माट फ्लोयड ७ रनमा आउट भए । टोम फोयले र ब्राड शुन्य रनमा आउट भए । नेपालका बसन्त रेग्मी र सोमपाल कामीले समान दुई विकेट लिए । सन्दीप लामिछानले १ विकेट आफ्नो नाममा लेखाए । पहिलो ओभरको दोस्रो ओभरमै सोमपाल कामीले विकेट लिदै नेपाललाई सफलता दिलाएका थिए । त्यसपछि भने नेपालले बलिङमा औसतको प्रदर्शन गरेको थियो ।
नेपालले आफ्नो पहिलो अभ्यास खेलमा हैम्पसायर होग्स क्रिकेट क्लबमाथि २ सय ४३ रनको फराकिलो जित निकालेको हो । उक्त खेलमा कप्तान पारस खड्काले १सय ६१ रनको उच्च प्रदर्शन र ललित राजवंशीले ५ विकेट लिदै उच्च प्रदर्शन गरेका थिए ।
नेपालले अब दुई अभ्यास खेल खेल्न बाँकी छ । १ टी–ट्वान्टी र एक एक दिवसीय क्रिकेट रहेका छन् । त्यसपछि नेपालले जुलाई २९ तारिखमा लर्डसमा हुने नेपाल, नेदरल्याण्ड्स र मेरिलेबन क्रिकेट क्लब (एमसीसी)सँगको त्रिकोणात्मक ट्वान्टी ट्वान्टी सिरिज खेल्नेछ । लगत्तै नेदरल्याण्डसविरुद्धको ऐतिहासिक एक दिवसीय श्रृखंलाको लागि नेदरल्यान्ड जानेछ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]