7 years ago
July 23, 2018
काठमाडौं (हाम्रो खेलकुद)– युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा फिल्डिङ गर्ने भएको छ । आजको अभ्यास खेलमा नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गरेका छन् । नियमित कप्तान पारस खड्कालाई आजको खेलमा आराम दिइएको छ ।
सेन्ट क्रस क्रिकेट क्लबले टस जितेर ब्याटिङ गरेपछि नेपालले फिल्डिङ गर्न लागेको हो । शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले हैम्पसायर होग्स क्रिकेट क्लबलाई २ सय ४३ रनको फराकिलो अन्तरले हराएको थियो । उक्त खेलमा पारसले १ सय ६१ रन बनाएपछि नेपालले पहिलो ब्याटिङ गर्दै ३ सय ६२ रन बनाएको थियो ।
नेपाली टोली अर्को साता लड्समा हुने त्रिकोणात्मक ट्वान्टी ट्वान्टी श्रृखंला र नेदरल्यान्ड्ससँग एक दिवसिय अन्तर्राष्ट्रिय खेलका लागि युरोप भ्रमणमा निस्केको हो । नेपाल, नेदरल्यान्ड्स र एमसीसीबीच जुलाई २९ मा लर्डस्मा त्रिकोणात्मक श्रृखंला हुनेछ । त्यसपछि नेपाली टोलीले अगस्ट १ र ३ मा नेदरल्यान्ड्ससँग एक दिवसय खेल्नेछ । झन्डै ५ महिनाअघि एक दिवसिय मान्यता पाएयता नेपालले अगस्ट १ मा खेल्ने पहिलो एक दिवसिय क्रिकेट हो ।
नेपाली टोली – ज्ञानेन्द्र मल्ल (कप्तान), शरद भेषावकर, बसन्त रेग्मी, सुवास खकुरेल (विकेट किपर), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, ललित भण्डारी , अनिल शाह, सन्दीप लामिछाने, आरिफ शेख ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]