7 years ago
July 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सन् सत्तरीतिर विश्व क्रिकेटमा भर्खर वान डे क्रिकेट सुरु हुँदा यसलाई गाली गर्नेहरू धेरै थिए र यसरी गाली गर्नेहरू यो खेलमा पारम्परिक सोच राख्नेहरू थिए । खैर ती त भए, पुराना दिनका कथा । सन् अस्सी र नब्बेसम्म आइपुग्दा पनि वान डे क्रिकेटमा दुई सय रनको स्कोर जित्नका लागि पर्याप्त मानिन्थ्यो ।
त्यति बेला कसैले सोचेका थिए होलान र, वान डे क्रिकेटमा पनि दोहोरो शतक बन्ने छ भनेर ? अहिले भने दोहोरो शतक धेरै ठूलो विषय रहेन । पाकिस्तानका फखर जमान दोहोरो शतक बनाउने एक अर्को ब्याट्सम्यान बने । उनले जिम्बावेविरुद्ध बुलावायोमा २ सय १० रन बनाए र नटआउट पनि रहे । पाकिस्तानका लागि उनी यस्तो उपलब्धी हात पार्ने पहिलो खेलाडी हुन् ।
अनि वान डे क्रिकेटकै इतिहासमा यो आठौं दोहोरो शतक हो । यस्तोमा निचोड निकाल्न सकिन्छ, अब त वान डेमा दोहोरो शतक बढ्दैछ । सचिन तेन्दुलकर वान डेमा दोहोरो शतक बनाउने पहिलो ब्याट्सम्यान थिए । उनले सन् २०१० मा दक्षिण अफ्रिकाविरुद्ध ग्वालिएरमा ठ्याक्कै दुई सय रन बनाएका थिए । उनी पनि नटआउट रहे ।
सन् १९७१ जनवरीमा ५ मा पहिलो वान डे भएको थियो, अस्ट्ेरलिया र इंग्ल्यान्डबीच । सचिनको त्यो दोहोरो शतकका लागि धेरै वर्ष कुर्नु पर्यो । तर उनले एकपल्ट के यो उपलब्धी हात पारे, उनका पछाडि लागिहाले, अरू ब्याट्सम्यान पनि । अहिलेसम्म बनेका आठ दोहोरो शतकमध्ये रोहित शर्माले मात्र तीन यस्तो उपलब्धी आत्मसात् गरेका छन् ।
वान डे क्रिकेटमा दोहोरो शतक बनाउने अरू ब्याट्सम्यान हुन, न्युजिल्यान्डका मार्टिन गुपटिल, भारतका वीरेन्द्र सहवाग र वेस्ट इन्डिजका क्रिस गेल । वान डेमा सर्वाधिक ठूलो व्यक्तिगत स्को, रोहितकै नाममा छ । उनले श्रीलंकाविरुद्ध कोलकातामा २ सय ६४ रन बनाएका थिए । त्यति बेला भन्न सुरु भएको थियो, ल अब यो ब्याट्सम्यानले कहीं तेहोरो शतक बनाउने त होइन ? सायद अब त्यो दिन धेरै टाढा छैन, जति बेला वान डे क्रिकेटमा पनि बन्ने छ, ‘ट्रिपल सेन्चुरी’ ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]