default_image

7 years ago

July 21, 2018

दोहोरो शतक बनाउंदै पाकिस्तानी ब्याट्सम्यान जमानले रचे इतिहास

72 views

0 Bookmark

बुलावाओ (एजेन्सी) – पाकिस्तानका ओपनिङ ब्याट्सम्यान फखर जमानले जिम्बाब्वेविरुद्ध दोहोरो शतक बनाउंदै इतिहास रचेका छन् । एकदिवसीय श्रृंखलमा जमानले २ सय १० रन जोड्दै २१ वर्ष पुरानो रेकर्ड तोडेका हुन् ।

बायाँ हाते ब्याट्सम्यान जमानले पाँच खेलको एकदिवसीय श्रृंखलको चौथो खेलमा अवजित २ सय १० रन बनाए । यसअघि सइद अनवरले सन् १९९७ मा चेन्नईमा भारतविरुद्धको खेलमा १ सय ९४ रन बनाएका थिए जुन कुनै पनि पाकिस्तानी ब्याट्सम्यानका लागि एकदिवसीयमा सर्वाधिक स्कोर थियो ।

उनले खेलमा १ सय ५५ बलको सामना गर्दै २४ चौका र ५ छक्काको मद्दतले दोहोरो शतक प्रहार गरेका थिए । पाकिस्तानले जमानको २ सय १० रनको सहायताले ३ सय ९९ रनको योगफल बनाउन सफल भएको थियो । पाकिस्तानका अर्का ओपनर इमाम उल हकले १ सय १३ रन जोडे ।

जमान र इमामले पहिलो विकेटका लागि ३ सय ४ रनको उत्कृष्ट साझेदारी खेलेका थिए । यो एकदिवसीय क्रिकेटमा पहिलो विकेटका लागि सबैभन्दा ठुलो साझेदारी पनि हो ।

त्यस्तै ४ सय रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको जिम्बाब्वे भने ४२ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ५५ रन मात्र बनाउन सक्यो ।

अन्तिम खेल बांकी रहंदा पाकिस्तानको ४-० को अग्रता पनि रहेको छ । फखर जमान पाकिस्तानको तर्फबाट दोहोरो शतक बनाउने पहिलो ब्याट्सम्यान पनि बनेका छन् । विश्व क्रिकेटमा दोहोरो शतक बनाउने खेलाडीको सूचीमा उनी छैटौैँ नम्बरमा पर्दछन् ।

यसअघि भारतका रोहित शर्मा (३ पटक), सचिन तेन्दुल्कर र विरेन्द्र सहवाग, न्यूजिल्याण्डका मार्टिन गुप्टिल तथा वेष्ट इन्डिजका क्रिस गेलले एकदिवसीय खेलमा दोहोरो शतक प्रहार गरिसकेका छन् ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.