7 years ago
July 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको रौतहट प्रिमियर लिग (आरपिएल) ट्विान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता असोजमा हुने भएको छ । आयोजक ओमेघा माध्यमिक स्कुल ललितपुरले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलो संस्करणको रौतहट प्रिमियर लिग आगमी असोज १ गतेदेखि १० गतेसम्म हुने जानकारी गराएको हो ।
प्रतियोगितामा विभिन्न १२ टिमको सहभागिता रहने प्रतियोगिता निर्देशक विनोद महर्जनले जानकारी गराए । उनका अनुसार सहभागी १२ टिमलाई चार समुहमा विभाजन गरिनेछ । हरेक समूका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछ ।
प्रतियोगिताको विजेताले ३ लाख ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैया र प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान, बलर र उदियमान खेलाडीले समान १० हजार रुपैया प्राप्त गर्नेछ ।
प्रतियोगितामा सर्वाधिक छक्का हिर्काउनेले ८ हजार, सर्वाधिक चौका प्रहार गर्नेले ७ हजार र हरेक खेलका म्यान अफ दि म्याचले जनही २ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी टिमबाट प्रवेश शुल्क स्वरुव ३५ हजार लिइएको बताइएको छ । समूह विभाजन भने गरिएको छैन । प्रतियोगिताका सबै खेलहरु रौतहट गुरुडास्थित श्री सुगर मिल्सको खेल मैदानमा हुनेछ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]