7 years ago
July 18, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इङ्ल्यान्ड र नेदरल्यान्ड्स भ्रमण राष्ट्रिय टोलीबाट अन्तिम विदेश भ्रमण हुने भन्दै भेट्रान स्पिनर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । यद्दपी घरेलु मैदानमा एउटा अन्तर्राष्ट्रिय खेलमार्फत फेयरवेल लिने उनको चाहना भने रहेको छ ।
नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएर पहिलोपटक इंग्ल्यान्ड र नेदरल्यान्ड भ्रमणमा जानु एक दिनअघि शक्तिले घरेलु मैदानमा कुनै एक प्रतियोगिता खेलेर सन्यास लिने चाहना सुनाए । सन्यासको घोषणासँगै नेपाली टिमको विदेश भ्रमणको खेलमा ‘शक्ति दि पावर’ उपनामले परिचित गौचनको इंग्ल्यान्ड र नेदरल्यान्ड भ्रमण अन्तिम भ्रमण हुनेछ ।
लर्डस र नेदरल्याण्डको भ्रमण गौचनको अन्तिम विदेश यात्रा हुनेछ । सन्यासको घोषणा गर्दै शक्तिले नेदरल्याण्डको भ्रमण आफ्नो अन्तिम अन्तर्राष्ट्रिय भ्रमण हुने स्पष्ट पारे । ‘सन्यासको घोषणासँगै म खुसी अनि दुखी छु । मैले क्रिकेटमा लामो यात्रा गरेको छु । पहिलो एकदिवसीय खेलेर बिदा हुँदैछु । यो समय उपयुक्त समय हो ।’
‘नेपाली समर्थककै अघि खेलेर सन्यास लिनु कुनैपनि खेलाडीका लागि त्यो क्षण सम्झनलायक हुन्छ । मैले टोलीका खेलाडी र प्रशिक्षकसँगको सल्लाहमै सन्यासको घोषणा गरेको हुँ ’ इंग्ल्यान्ड भ्रमण अघि विदाईमा मंगलबार गौचनले भने, ‘आफ्ना लागि सन्यास लिने यो उपयुक्त समय हो । मैले पहिला पनि भनेको थिए कि मभन्दा पनि राम्रो खेल खेल्न मेरा भाइहरुले विश्वास दिलाएको बेला मात्रै सन्यास लिन्छु । आज जुनियर भाईहरुले राम्रो खेलिरहेका छन् । त्यसकारण संन्यास लिन यो नै मेरो लागि उपयुक्त समय हो ।’
‘जसरी म पहिलो ऐतिहासिक एकदिवसीय खेल खेलेर संन्यास लिँदैछु । यो मेरो लागि विशेष र सम्झनयोग्य क्षण हुनेछ ’ शक्तिले भने, ‘ अबका खेलाडीहरुले टेस्ट खेलेर मात्र सन्यास लिनुपर्दछ । नेपालमा ट्यालेन्टेड खेलाडीको कमी कहिल्यै नहुने भन्दै नेपालले छिट्टै टेस्ट क्रिकेट खेल्न सक्नेछ ।’
शक्तिले नेपालको राष्ट्रिय टोलीबाट एकदिवसीय खेल्ने चाहना पुरा हुन लागेकोमा समेत खुसी व्यक्त गरे । ‘मलाई नेपालको जर्सीमा एकदिवसीय खेल्ने रहर थियो । त्यो रहर नेदरल्यान्ड्समा पूरा हुदैछ । म असाध्यै खुसी छु । खुशीको सीमा नै छैन ।’ नेपाली क्रिकेट टोलीमा १६ बर्ष बिताएका गौचनले सन् २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफीमा ओमानविरुद्ध खेल्दै राष्ट्रिय टिमबाट ‘डेब्यू’ गरेका थिए ।
राष्ट्रिय टोलीमा डेब्यु गर्नुअघि गौचनले यू–१७ टोलीको कप्तानी र यू–१९ टोलीबाट खेलेका थिए । गौचन नेपाली टिमबाट १ हजार रन पुरा गर्ने पहिलो नेपाली खेलाडी हुन् । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक विकेट लिने पहिलो र अन्तर्राष्ट्रिय खेलमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी हुन् ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]