7 years ago
July 18, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल, एमसीसी र नेदरल्यान्डबीच हुने ट्वान्टी ट्वान्टी त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्विरुद्ध हुने एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जाने नेपाली टोलीलाई बुधबार विदाई गरिएको छ । युुवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले टोलीको विदाई गरेका थिए । त्रिकोणात्मक श्रृखंला जुलाई २९ मा लर्डस् मैदानमा हुनेछ । त्यसपछि नेपाल र नेदरल्यान्ड्सबीच अगस्ट १ र ३ मा एक दिवसिय क्रिकेट हुने बताइएको छ ।
नेपाली टोली सदस्य शक्ति गौचनले त्यहि नेदरल्यान्ड्ससँगको खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने गरेका छन् । कप्तान पारसले शक्तिको योगदानको चर्चा गर्दै उहाँलृ घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेलमार्फत विदाई खेल खेल्ने चाहेको बताएका छन् । ‘आफु भन्दा राम्रो खेलाडी आएको दिन सन्यासको घोषणा गर्छु भन्ने यसअघि भनेको थिए,’ उनले भने, ‘अब त्यो समय आएको छ । नयाँ पुस्ताको खेलाडी तयार भइसकेको छ ।’
उनले अगाडी भने, ‘मैले एक दिवसिय खेलेर सन्यास लिदैछु, नयाँ आउने खेलाडीले टेस्ट खेलेर सन्यास लिने दिन देख्न पाइयोस् ।’ पारस खड्काको कप्तानीमा मंगलबार १५ सदस्यीय क्रिकेट टोलीको घोषणा भएको थियो । टोली बिहीबार बेलायत प्रस्थान गर्नेछ । टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी र मोहम्मद आरिफ शेख छन् । यस्तै रोहति कुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर र सोमपाल कामीले टोलीमा छन् ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]