7 years ago
July 18, 2018
लिड्स (एजेन्सी)– इङ्ल्यान्डले भारतविरुद्धको एक दिवसिय श्रृखंला २–१ ले जितको छ । तेस्रो तथा निर्णायक खेलमा मंगलबार ८ विकेटको जित निकाल्दै घरेलु टोलीले श्रृखंला आफ्नो नाममा लेखाएको हो । सन् २०११ यता भारतविरुद्धको श्रृखंला इङ्ल्यान्डले जितेको यो पहिलो पटक हो ।
२ सय ५७ रनको लक्ष्य पछ्याएको घरेलु टोली जोय रुट र कप्तान इयान मोर्गनको सानदार प्रदर्शनमा जित हासिल गरेको थियो । २ विकेट मात्र गुमाएको इङ्ल्यान्डले ३३ बल बाँकी रहँदै २ सय ५९ रन बटुलेको थियो । रुटले अविजित १ सय र मोर्गानले ८८ रन बनाए ।
तेस्रो विकेटका लागि उनीहरुले अविजित १ सय ८६ रनको साझेदारी गरेका थिए । रुले १ सय २० बलमा १० चौका प्रहार गरे । मोर्गानले १०८ बलमा ९ चौका र १ छक्का प्रहार गरेका थिए । ओपनर जेम्स भिन्सेले २७ र जोनी ब्रेनस्टोले ३० रन जोडेका थिए । भारतका लागि सर्दुगल ठाकुरले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले कप्तान विराट कोहलीको अर्धशतकसँगै २ सय ५६ रन बनाएको थियो । ओपनर रोहित शर्मा सस्तैमा आउट भएपछि अर्का ओपनर शिखर धवन र कप्तान कोहलीले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गर्दै टोलीलाई उकासेका थिए ।
विराटले ७२ बलमा ८ चौकाको मद्दतमा टोलीका लागि सर्वाधिक ७१ रन जोडे । शिखरले ४९ बलमा ७ चौकासहित ४४ रन बटुले । पूर्व कप्तान महेन्द्र सिंहले ४२, सर्दुल ठाकुरले २२ तथा दीनेश कार्तिक, हार्दिक पाण्डे भुवनेश्वकरमाुरले समान २१ रन जोडे । घरेलु टोलीका लागि डेभिड विली र अदिल रसिद समान ३ र मार्क उडले १ विकेट लिए ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]