default_image

7 years ago

July 17, 2018

निर्णायक खेलमा इङ्ल्यान्ड २ सय ५७ रनको लक्ष्य पछ्याउँदै

65 views

0 Bookmark

लिड्स (एजेन्सी)– तेस्रो तथा निर्णायक एक दिवसिय क्रिकेटमा भारतले इङ्ल्यान्डलाई २ सय ५७ रनो लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले कप्तान विराट कोहलीको अर्धशतकसँगै ८ विकेटको नोक्सानीमा२ सय ५६ रन बनाएको थियो ।

ओपनर रोहित शर्मा सस्तैमा आउट भएपछि अर्का ओपनर शिखर धवन र कप्तान कोहलीले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गर्दै टोलीलाई उकासेका थिए । विराटले ७२ बलमा ८ चौकाको मद्दतमा टोलीका लागि सर्वाधिक ७१ रन जोडे ।

शिखरले ४९ बलमा ७ चौकासहित ४४ रन बटुले । पूर्व कप्तान महेन्द्र सिंहले ४२, सर्दुल ठाकुरले २२ तथा दीनेश कार्तिक, हार्दिक पाण्डे भुवनेश्वकरमाुरले समान २१ रन जोडे ।

घरेलु टोलीका लागि डेभिड विली र अदिल रसिद समान ३ र मार्क उडले १ विकेट लिए । तीन एक दिवसिय श्रृंखलामा १–१ को बराबरी छ । पहिलो खेलमा भारत र दोस्रोमा इङ्ल्यान्ड विजयी भएको थियो ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.