default_image

7 years ago

July 16, 2018

बजाज खडक वारियर्सको लगातार तेस्रो जित

55 views

0 Bookmark

सप्तरी (हाम्रो खेलकुद)– बजाज खडक वारियर्सले सप्तरमा जारी प्रथम मेयर कप सप्तरी प्रिमियर लिग ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । बजाज खडक वारियर्सले बोदे बर्साइन थन्डर्सलाई ६ विकेटले पराजित गर्दै लिगमा लगातार तेस्रो जित निकालेको हो ।

। पबि स्कुल मैदानमा सम्पन्न लिगको पाँचौ खेलमा टस जितेर ब्याटिङ गरेको बोदे बर्साइनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९३ रन मात्रै बनाउन सक्यो । उसका लागि बिक्रम भुसालले सर्वाधिक २६ रन बनाए । अंकित सुवेदीले १५ तथा सन्दिप ढुंगानाले १० रनको योगदान दिए । खडक वरियर्सका उपेन्द्र रोय र बिबेक यादबले समान २ विकेट लिए ।

९४ रनको लक्ष्य वारियर्सले १८.१ ओभरमा पुरा ग¥ यो । १५.५ ओभरमा ६७ रनको स्कोरमा महत्वपूर्ण माथिल्लो ४ जना ब्याट्सम्यानहरु गुमाएको अवस्थामा कप्तान विवेक यादव र फिर्दोश अन्सारीले पाँचौ विकेटको लागि २७ रनको साझेदारी गर्दै टिमलाई सहज जित दिलाएका थिए । अनुभवी ब्याट्सम्यानहरु हरिशंकर साह ७, हसिम अन्सारी ७ तथा पुष्प थापा ११ रन मात्र बनाएर आउट भए ।

म्यान अफ द म्याच समेत चुनिएका विवेक अविजित १९ रन बनाउन २ चौका तथा फिर्दोशले १७ रन बनाउन १ छक्का र १ चौका प्रहार गरे । यसअघि ओपनिङ ब्याटिङ गरेका प्रशान्त राईले ३१ रन बनाएका थिए । १ छक्का र २ चौका प्रहार गरेका थिए । बोदेका बलर नन्दन झाले सर्वा्धिक २ विकेट लिए ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.