default_image

7 years ago

July 16, 2018

युएईंका कप्तान मुस्ताफा काठमाडौं किङ्स–११ मा आबद्ध

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– युनाइटेड अरब इमिरेट्स (युएईं) क्रिकेट टोलीका कप्तान रोहन मुस्ताफा एभरेस्ट प्रिमियर लिग क्लब काठमाडौं किङ्स–११ मा अनुबन्धित भएका छन् । काठमाडौं किङ्सको यो दोस्रो विदेशी खेलाडी दर्ता हो । यसअघि काठमाडौंले आयरल्यान्डका केभिन ओ’ब्रिनलाई पहिलो खेलाडीको रुपमा दर्ता गरेको थियो ।

रोहनले युएईंबाट टी–ट्वान्टी र एकदिवसीयमा ५० भन्दा बढी खेल खेलिसकेका छन् । रोहनले गत चैतमा सकिएको धनगढी प्रिमियर लिग ९डिपिएल० – मा सोमपाल कामी कप्तान तथा मार्की खेलाडी रहेको टिम चौराहा धनगढीबाट खेलेका थिए । धनगढीलाई लगातार दोस्रोपटक च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका नभिाएका उनी प्रतियोगिताको म्यान अफ दि सिरिज बनेका थिए।

बायाँ हाते अलराउन्डर ब्याट्सम्यान मुस्ताफाले फेरि एकपटक नेपाल आएर क्रिकेट खेल्न पाउनु आफ्नो लागि खुशीको क्षण हुने बताएका छन् ।बायाँ हाते ब्याट्सम्यान, दायाँ हाते स्लो बलर र एक पुर्ण अलराउन्डर टिममा रहनु अनि नेपालमै आएर खेल्नु काठमाडौं किङ्सका सिओओ राजजंग थापाले बताए ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.