7 years ago
July 14, 2018
लर्डस् (एजेन्सी)– इङ्ल्यान्डले दोस्रो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ३ सय २३ रनको लक्ष्य दिएका छ । जो रुटले अविजित शतक तथा कप्तान इयान मोर्गान र डेभिड विली (अविजित)ले अर्धशतक बनाएपछि घरेलु टोलीले ३ सय २२ रनको ठूलो योगफल तयार पारेको थियो ।
तीन एक दिवसिय श्रृखंलाको पहिलो खेलमा भारत विजयी भएको थियो । रुटले १ सय ११६ बलमा अविजित १ सय १३ रन बनाउँदै टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्यान्डलाई सम्मानजनक अवस्थामा पुर्याएका थिए । एक दिवसिय क्रिकेटमा १२ शतक पुरा गर्ने क्रममा रुटले ८ चौका र १ छक्का प्रहार गरे ।
विलिले ३१ बलमा अविजित ५० रन बनाए । कप्तान मोर्गानले ५१ बलमा ४ चौकार १ छक्कासहित ५३ रन जोडे । भारतका लागि कुलदीप यादवले ३, उमेश यादल, हार्दिक पाण्डेया र युभभेन्द्र चाहालले समान १ विकेट लिए ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]