7 years ago
July 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने क्यानेडियन लिग ग्लोबल टी–२० क्रिकेट लिग खेलेर भोलि नेपाल आइपुग्ने भएका छन् ।
ग्लोबल टी–२० मा पहिलो खेल गुमाएपनि उत्कृष्ट प्रदर्शन गरेका सन्दीप भोलि बिहान ८ः५० बजे जेट एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाली राष्ट्रिय क्रिकेट टिमका व्यवस्थापक रमन शिवाकोटीले जानकारी गराए ।
क्यानेडियन क्लब मोन्ट्रेल टाइगर्सबाट सन्दीपले पाँच खेलमा ८ विकेट लिएका थिए । जसमध्ये सन्दीपको टोलीले ६ खेलमा मात्र २ जित निकाल्न सफल भएको थियो । उनको टोली प्ले अफमा पुग्न सकेन ।
सन्दीपले पहिलो खेलमा ४ ओभरमा ५७ रन खर्चदै १ विकेट लिएका थिए । डेब्यु खेलमा उनले १ रन जोड्दा दोस्रो खेलबाट आफुलाई प्रमाणित गरेका थिए । दोस्रो खेलमा ४ ओभर बलिङ गरेका सन्दीपले १ मेडनसहित १९ रन खर्चदै १ विकेट लिए ।
तेस्रो खेलमा एक मेडनसहित १६ रन खर्चदै १ विकेट लिएका थिए । चौथो खेलमा चार ओभर बलिङ गर्दै ३४ रन खर्चिएर २ विकेट लिएका सन्दीपले अन्तिम खेलमा वेष्ट इण्डिज ‘बी’ विरुद्ध चार ओभर बलिङ गर्दै ३१ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए ।
सन्दीपले अब आगामी अगस्टमा क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्नेछन् । नेपाली राष्ट्रिय टिम नेदरल्यान्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेट प्रतियोगिताको तयारीमा रहेको छ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]